
विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन तोलाको २ लाख ९९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ८ सय रूपैयाँ थियो ।
चाँदीको मूल्य भने तोलाको १० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला ४ हजार ९ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आइतबार ४ हजार ८ सय ९५ रूपैयाँ प्रतितोला थियो ।

























