
काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सचेतक निश्किल राईले आफ्ना दलका सांसदलाई सहिदको सम्मानमा माैन धारण गर्न लगाएपछि सभामुख डिपी अर्यालले आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्तिप्रति विरोध गर्दै प्रतिनिधिसभा बैठकमा नै सहिदप्रति पाँच मिनेट मौनधारण गराएपछि सभामुख अर्यालले आपत्ति जनाएका हुन् ।
मंगलबार (जेठ २६) प्रतिनिधिसभा बैठकमा राईले आफ्नो धारणा राखेपछि कांग्रेसका सांसदलाई पाँच मिनेट मौनधारण गर्न आग्रह गरे । उभिएका अरू विपक्षी दलका सांसद पनि मौनधारणमा सहभागी भने ।
त्यसपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले सभामुखले सभा चलाउने व्यवस्था भएको सम्झाए । सांसद आफैंँले समय तोकेर सभा चलाइएको भन्दै उनले आपत्ति जनाए ।

























