
विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबार तोलाको १० हजार १ सय रूपैयाँले घटेको छ । भारत घटेसँगै सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रूपैयाँमा किनबेच भइरहेको छ । मंगलबार सुनको मूल्य तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलाको १ सय ८५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ४० रूपैयाँ कायम भएको छ । चाँदीको मूल्य मंगलबार ४ हजार ९ सय २५ रूपैयाँ थियो ।



















