
विराटनगर । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । केही दिनयता घटिरहेको मूल्य शुक्रबार बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ५ हजार ३ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला २ लाख ९२ हजार रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बिहीबार तोलाको २ लाख ८६ हजार ७ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ सय ९० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदीको मूल्य तोलाको ४ हजार ८ सय ४० रूपैयाँ कायम भएको छ । चाँदी मूल्य बिहीबार प्रतितोला ४ हजार ६ सय ५० रूपैयाँ थियो ।



















