
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्ने सहमतिमा आइतबार हस्ताक्षर हुन सक्ने बताएका छन् । उनले सहमति भएपछि होर्मुज जलमार्ग सबैका लागि खुला हुने दाबी गरेका छन् ।
अमेरिका–इरान वार्ताको मध्यस्थता गरेको पाकिस्तानले पनि आगामी २४ घण्टाभित्र सहमतिलाई अन्तिम रूप दिने तयारी भइरहेको जनाएको छ । तर, इरानले हस्ताक्षरको मिति अझै टुंगो नलागेको संकेत गरेको छ ।
इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले सहमति नजिक पुगेको बताएका छन् । प्रस्तावित सहमतिमा होर्मुज मार्ग पुनः सञ्चालन, इरानमाथिको केही प्रतिबन्ध हटाउने तथा क्षेत्रीय तनाव कम गर्ने विषय समेटिएको छ ।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वले होर्मुज मार्ग प्रभावित बनेको थियो । युद्धविराम भए पनि पछिल्ला महिनामा दुवै पक्षबीच तनाव कायमै छ ।



















