कतार र स्विट्जरल्यान्ड बराबरी

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३१, आइतबार ०६:१९

क्यालिफोर्निया । फिफा विश्वकप अन्तर्गत समूह ‘बी’ को खेलमा कतारले अन्तिम क्षणसम्म संघर्ष गर्दै स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी निकाल्न सफल भएको छ । क्यालिफोर्नियाको सान्ता क्लारास्थित लेभाइस स्टेडियममा सम्पन्न खेलमा इन्जुरी समयको गोलले कतारलाई हारबाट जोगाएको हो ।

खेलको अधिकांश समय स्विट्जरल्यान्डले नियन्त्रणमा राख्दै अग्रता कायम गरे पनि अन्तिम समयमा डिफेन्डर बुआलेम खुखी नायक बने । इन्जुरी समयको पाँचौँ मिनेटमा उनले हेडमार्फत गोल गर्दै कतारलाई महत्वपूर्ण एक अंक दिलाए ।

स्विट्जरल्यान्डले खेलको १७औँ मिनेटमा अग्रता लिएको थियो । त्यसअघि १३औँ मिनेटमा कतारी गोलरक्षक महमुद अबुनादाले स्विस स्ट्राइकर ब्रिल एम्बोलोलाई पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अबुनादाले पहेँलो कार्ड समेत पाए ।

पेनाल्टी प्रहारका लागि आएका एम्बोलोले कुनै गल्ती नगरी बललाई गोलपोस्टको माथिल्लो कुनामा पठाउँदै टोलीलाई १–० को अग्रता दिलाए । अमेरिका प्रवेशका लागि भिसा प्रक्रियामा कानुनी अड्चन झेलेका एम्बोलोले विश्वकपमा आफ्नो प्रभावशाली उपस्थितिको सुरुआत गोलमार्फत गरेका हुन् ।

पहिलो हाफमा स्विट्जरल्यान्डले थप केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । मौसम अत्यधिक गर्मी भएकाले विश्रामका क्रममा मैदानमा स्प्रिंकलरसमेत चलाइएको थियो ।

कतारले पनि सुरुवातदेखि नै केही राम्रो अवसर बनाएको थियो । खेलको दोस्रो मिनेटमै एडमिल्सन जुनियर गोल गर्न नजिक पुगेका थिए । तर, स्विस गोलरक्षक ग्रेगर कोबेलले उत्कृष्ट बचाउ गरे । दोस्रो हाफमा पनि कोबेलले अहमद अलाअल्दिनको खतरनाक प्रहार रोक्दै स्विट्जरल्यान्डलाई अग्रतामा राखेका थिए ।

तर, खेल समाप्त हुन केही क्षण मात्रै बाँकी रहँदा स्विस रक्षापंक्ति चुक्यो । त्यसको फाइदा उठाउँदै खुखीले गरेको हेडर गोलले कतारी समर्थकलाई उत्साहित बनायो र खेल बराबरीमा टुंगियो ।

प्रशिक्षक मुराट याकिनको नेतृत्वमा रहेको स्विट्जरल्यान्ड छनोट चरणभर अपराजित रहँदै लगातार छैटौँ पटक विश्वकपमा सहभागी भएको टोली हो । सन् २००२ यता कुनै पनि विश्वकप नछुटाएको स्विस टोली यसपटक पनि बलियो प्रदर्शन गर्ने लक्ष्यमा छ ।

यता स्पेनी प्रशिक्षक जुलेन लोपेटेगुईको नेतृत्वमा रहेको कतारले प्लेअफमार्फत विश्वकप यात्रा तय गरेको थियो । सन् २०२२ को घरेलु विश्वकपमा समूह चरणका सबै खेल गुमाएर निराश बनेको कतारले यसपटक भने पहिलो खेलमै संघर्षपूर्ण प्रदर्शन गर्दै सकारात्मक सुरुवात गरेको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×