प्रवासी सिप देशमा उपयोग गरौं : खनाल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३१, आइतबार १९:३०

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सिप र अनुभवलाई देशको विकाससँग जोड्न सके छोटो समयमै उल्लेखनीय परिवर्तन सम्भव हुने बताएका छन् ।

बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले प्रवासी नेपालीहरूलाई नेपालको विकास यात्राका सक्रिय साझेदार बन्न आग्रह गरे । उनले प्रविधि, पर्यटन, लगानी तथा उद्यमशीलताजस्ता क्षेत्रमा विदेशमा रहेका नेपालीहरूको योगदान महत्वपूर्ण हुन सक्ने बताए ।

Advertisement

नेपाल अहिले विशेष परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले ठूलो जनमतका साथ रास्वपा नेतृत्वको सरकार गठन भएको र सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको दाबी गरे । विदेशमा रहेका नेपालीहरूले निर्वाचनका क्रममा दिएको समर्थनप्रति उनले आभार व्यक्त गरे ।

मन्त्री खनालले नेपालमा सुशासनको अभाव लामो समयदेखि चुनौतीका रूपमा रहेको भन्दै आफ्नो दलले सुरुदेखि नै सुशासनलाई प्रमुख एजेन्डा बनाएको बताए । भ्रष्टाचारविरुद्ध कडाइका साथ अघि बढ्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आर्थिक समृद्धि र विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।

भ्रष्टाचारसँग सम्बन्धित विभिन्न विषयमा सार्वजनिक बहस भइरहेका बेला सरकारले आवश्यक प्रक्रिया अघि बढाइरहेको उनको भनाइ थियो । तत्काल सबै परिणाम नदेखिए पनि केही समयपछि सकारात्मक नतिजा देखिने विश्वास उनले व्यक्त गरे ।

युवायुवती रोजगारीका लागि विदेशिन बाध्य हुने अवस्थाको अन्त्य गर्नुपर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री खनालले प्रवासमा रहेका नेपालीहरूलाई सरकारलाई सहयोग गर्ने सम्भावनाका बारेमा गम्भीर रूपमा सोच्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया
प्रवासी सिप देशमा उपयोग गरौं : खनाल
संविधान समीक्षा उपसमिति गठन
विराटनगरमा कांग्रेस इतर पक्षको भेला : विराेध गर्ने, तर फुट्न नदिने
कोशीमा अपराध : स्वरूप बदलिँदा अनुसन्धानमा चुनौती
कांग्रेस इतर पक्षको भेलामा शेखर काेइराला : सभापतिले कुरा फेरे तर पार्टी फुट्न दिन्न
कांग्रेस टुक्रियो, अब एक हुनुपर्छ: शशांक कोइराला
कांग्रेस टुक्रियो, अब एक हुनुपर्छ: शशांक कोइराला
 कांग्रेसलाई इतिहासकै कमजोर बनाइयो:  पूर्वमन्त्री मोहन बस्नेत 
कांग्रेसलाई इतिहासकै कमजोर बनाइयो:  पूर्वमन्त्री मोहन बस्नेत 
भारतका फरार प्रतिवादीको विराटनगरमा शंकास्पद मृत्यु, चार जना प्रहरीको नियन्त्रणमा
एकताबद्ध नभए काँग्रेसले लज्जास्पद हार बेहोर्नुपर्छ: रामहरि खतिवडा 
एकताबद्ध नभए काँग्रेसले लज्जास्पद हार बेहोर्नुपर्छ: रामहरि खतिवडा 
हामीलाई बलियो काँग्रेस चाहिएको छ: मीन विश्वकर्मा 
हामीलाई बलियो काँग्रेस चाहिएको छ: मीन विश्वकर्मा 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.