चेकका लागि अन्तिम समयमा दक्षिण अफ्रिका बाधक

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ५, शुक्रबार ०६:१४

अमेरिका । विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो चरणको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिका १–१ गोलको बराबरीमा रोकिएका छन् ।

अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा चेक रिपब्लिकले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । खेलको छैटौँ मिनेटमा मिचल सादिलेकले गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए । अधिकांश समय खेललाई आफ्नो नियन्त्रणमा राखेको चेक टोली खेलको अन्त्यतिर दबाबमा परेको थियो ।

दक्षिण अफ्रिकाले ८३औँ मिनेटमा पेनाल्टीमार्फत खेललाई बराबरीमा ल्यायो । निषेधित क्षेत्रभित्र चेक गणतन्त्रका खेलाडीको हातमा बल लागेपछि निर्णायकले पेनाल्टी प्रहारको अवसर दिएका थिए । उक्त अवसरलाई तेबोहो मोकोएनाले सफलतापूर्वक गोलमा परिणत गर्दै दक्षिण अफ्रिकालाई महत्वपूर्ण एक अंक दिलाए ।

यस बराबरीसँगै दुवै टोलीले समूह चरणमा एक–एक अंक बाँडेका छन् । चेक रिपब्लिक जितनजिक पुगेर पनि अन्तिम समयमा अंक गुमाउन पुग्यो भने दक्षिण अफ्रिकाले खेलको उत्तरार्धमा गोल गर्दै हार टार्न सफल भयो ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×