बोस्नियामाथि स्विट्जरल्यान्ड हाबी

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ५, शुक्रबार ०६:२२

अमेरिका । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनामाथि स्विट्जरल्यान्ड हाबी भएको छ । बोस्नियामाथि दबाब कायम गर्दै स्विट्जरल्यान्डले प्रभावशाली जित निकालेको हो ।

अमेरिकाको लस एन्जलसस्थित सोफाइ रंगशालामा सम्पन्न खेलमा स्विट्जरल्यान्डले बोस्नियालाई ४–१ गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको छ । खेलको पहिलो चरण दुवै टोलीबीच प्रतिस्पर्धात्मक बने पनि दोस्रो चरणमा स्विट्जरल्यान्ड पूर्ण रूपमा हाबी भएको थियो । विशेषगरी बोस्नियाका तारिक मुहारेमोभिच रातो कार्ड पाएर मैदानबाहिरिएपछि स्विट्जरल्यान्डले खेलमा आफ्नो नियन्त्रण थप बलियो बनाएको हो ।

स्विट्जरल्यान्डको जितमा जोहान मान्जाम्बीले दुई गोल गरे । त्यस्तै रुबेन भार्गास र कप्तान ग्रानिट झाकाले एक–एक गोल थपे । बोस्नियाका लागि एर्मिन माहमिकले सान्त्वना गोल फर्काए ।

खेलको ७४औँ मिनेटमा जोहान मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । त्यसपछि ८०औँ मिनेटमा बोस्नियाका तारिक मुहारेमोभिचले विपक्षी खेलाडीमाथि फउल गरेपछि सिधै रातो कार्ड पाएर मैदान छाड्न बाध्य भए । १० खेलाडीमा सीमित भएको बोस्निया स्विट्जरल्यान्डको आक्रमण रोक्न असफल रह्यो ।

खेलको ८४औँ मिनेटमा रुबेन भार्गासले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता २–० मा पुर्‍याए । त्यसको छ मिनेटपछि मान्जाम्बीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को बलियो अवस्थामा पुर्‍याए ।

इन्जुरी समयको सुरुवातमा एर्मिन माहमिकले गोल गर्दै बोस्नियाको आशा जगाउने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन । बरु खेलको अन्तिम समयमा प्राप्त पेनाल्टीलाई कप्तान ग्रानिट झाकाले गोलमा परिणत गर्दै स्विट्जरल्यान्डको ४–१ को सानदार जित सुनिश्चित गरे ।

यो जितसँगै स्विट्जरल्यान्डले दुई खेलबाट चार अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । यसअघि स्विट्जरल्यान्ड पहिलो खेलमा कतारसँग १–१ को बराबरीमा रोकिएको थियो ।

बोस्नियाले भने लगातार दोस्रो खेलमा जित निकाल्न नसक्दा एक अंकमै सीमित भएको छ। पहिलो खेलमा उसले क्यानडासँग १–१ को बराबरी खेलेको थियो । स्विट्जरल्यान्डविरुद्धको खेलमा रातो कार्डपछि कमजोर बनेको बोस्निया अन्तिम समयमा स्विट्जरल्यान्डको आक्रमण थेग्न नसक्दा फराकिलो हार बेहोर्न बाध्य भयो ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×