विराटनगरका मेयर कोइराला सम्मानित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ५, शुक्रबार १८:५०
 विराटनगरका मेयर कोइराला सम्मानित

विराटनगर । नेपाल स्काउटको ७५ औँ स्थापना दिवसका अवसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सम्मानित भएका छन् । स्काउट अभियानको प्रवर्द्धन र संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल स्काउट कोशी प्रदेशले उनलाई सम्मान गरेको हो ।

सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा कोशी प्रदेश स्काउटका प्रमुख आयुक्त हेमन्त भण्डारीले मेयर कोइरालालाई सम्मानपत्र प्रदान गरे । मेयर कोइराला विराटनगर महानगर स्काउटका प्रमुख संरक्षकसमेत हुन् ।

Advertisement

सम्मान ग्रहणपछि बोल्दै मेयर कोइरालाले युवा पुस्तामा अनुशासन, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न स्काउटले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । ‘स्काउट केवल एउटा संस्था मात्र नभई जिम्मेवार नागरिक निर्माण गर्ने एउटा सशक्त अभियान हो,’ उनले भने, ‘युवाहरूलाई रचनात्मक कार्यमा जोड्न स्थानीय सरकार सधैँ सहकार्य गर्न तयार रहेको छ ।’

कार्यक्रममा प्रदेशभरिका विभिन्न जिल्ला र स्थानीय तहका स्काउट पदाधिकारी, प्रशिक्षक तथा रोभर र रेन्जरहरूको सहभागिता रहेको थियो । स्थापना दिवसको अवसरमा प्रदेशभरबाट उत्कृष्ट कार्य गर्ने अन्य व्यक्तित्व र संस्थाहरूलाई पनि सम्मान गरिएको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.