टर्की पराजित हुँदै विश्वकपबाट बाहिरियो 

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ६, शनिबार १५:०१
टर्की पराजित हुँदै विश्वकपबाट बाहिरियो 

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम १६ मा पुग्ने सम्भावनाबाट बाहिरिएको हो ।

सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको प्रतिस्पर्धामा पाराग्वेका माटियास गालार्जाले खेल सुरु भएको करिब एक मिनेट नपुग्दै गरेको गोल नै निर्णायक बन्यो ।

पहिलो हाफको अतिरिक्त समयमा पाराग्वेका फरवार्ड मिगुएल अल्मिरोन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो । संख्यात्मक रूपमा अग्रता पाए पनि टर्कीले त्यसको फाइदा उठाउन सकेन र बराबरी गोल गर्न असफल रह्यो ।

यसअघि उद्घाटन खेलमा अस्ट्रेलियासँग २–० ले पराजित भएको टर्की लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको हो । यता, पहिलो खेलमा अमेरिका विरुद्ध ४–१ को हार बेहोरेको पाराग्वेले भने यस जितसँगै प्रतियोगितामा पुनरागमन गरेको छ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×