जापानको सनसनीपूर्ण जित

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार १२:११

अमेरिका । फिफा विश्वकपको १०००औँ खेल ऐतिहासिक मात्रै बनेन । एसियाली शक्ति जापानका लागि सम्झनलायक पनि बन्यो ।

समूह एफ अन्तर्गत मेक्सिकोको मोन्टेरेमा भएको खेलमा जापानले अफ्रिकी राष्ट्र ट्युनिसियामाथि ४–० को प्रभावशाली जित निकाल्दै नकआउट चरण प्रवेशको सम्भावनालाई थप बलियो बनाएको छ । लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको जापानले दुई खेलबाट चार अंक जोडेको छ ।

समान चार अंक रहेको नेदरल्यान्ड्ससँग अंक बराबरी भए पनि अन्तिम खेलअघि जापान बलियो अवस्थामा पुगेको छ । उता लगातार दोस्रो हार बेहोरेको ट्युनिसिया भने समूह चरणबाटै बाहिरिएको छ ।

खेलको सुरुआतदेखि नै जापानले आफ्नो लय कायम राखेको थियो । चौथो मिनेटमै केइतो नाकामुराको पासमा दाइची कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाए । सुरुमै गोल खाएपछि दबाबमा परेको ट्युनिसिया खेलमा फर्किन संघर्षरत देखियो ।

३१औँ मिनेटमा को इताकुराको पासलाई सदुपयोग गर्दै असाय उएदाले गोल गरेपछि जापानले पहिलो हाफमै २–० को सहज अग्रता बनाएको थियो । खेलमा स्पष्ट रूपमा हाबी रहेको जापानले ६२ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राख्यो । ११ वटा प्रहार गरेको जापानका पाँच प्रहार पोस्टको दिशामा थिए । ट्युनिसियाले भने दुई प्रहार मात्र गर्न सक्यो । तर, कुनै पनि प्रहार लक्ष्यमा पुग्न सकेन ।

दोस्रो हाफमा पनि जापानको आक्रामकता कायमै रह्यो । ६९औँ मिनेटमा उएदाकै पासमा जुन्या इटोले गोल गर्दै खेललाई ३–० मा पुर्याए । त्यसपछि ८३औँ मिनेटमा काइसु सानोको पासमा उएदाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै ट्युनिसियालाई पीडादायी हार बेहोर्न बाध्य बनाइदिए ।

दुई गोल र एक असिस्ट गरेका उएदा यस विश्वकपमा एकै खेलमा दुई गोल र एक असिस्ट गर्ने दोस्रो खेलाडी बने । यसअघि नेदरल्यान्ड्सका कोडी गाक्पोले स्वीडेनविरुद्ध समान उपलब्धि हासिल गरेका थिए ।

विश्वकप इतिहासमा जापानले ट्युनिसियालाई दोस्रो पटक पराजित गरेको हो । यसअघि सन् २००२ को विश्वकपमा घरेलु मैदानमा जापानले ट्युनिसियालाई २–० ले हराएको थियो । त्यसको २३ वर्षपछि जापानले अझ फराकिलो अन्तरको जित निकाल्दै आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ ।

जापानले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको थियो । दोस्रो खेलमा शानदार प्रदर्शन गर्दै तीन अंक जोडेको जापान अब समूहको अन्तिम खेलमा स्वीडेनसँग भिड्नेछ । उक्त खेलले समूह विजेताको टुंगो लगाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

उता ट्युनिसियाको निराशाजनक यात्रा भने दोस्रो खेलमै समाप्त भएको छ । पहिलो खेलमा स्वीडेनसँग ५–१ ले पराजित भएको ट्युनिसियाले त्यसपछि मुख्य प्रशिक्षक साब्री लामोउचीलाई बर्खास्त गर्दै हार्भे रेनार्डलाई जिम्मेवारी दिएको थियो । तर, प्रशिक्षक परिवर्तनले पनि टोलीको नतिजामा कुनै सुधार ल्याउन सकेन ।

दुई खेलमै नौ गोल खाएको ट्युनिसिया यस विश्वकपमा सबैभन्दा धेरै गोल खाने टोलीसमेत बनेको छ । अब उसले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । तर, उक्त खेल ट्युनिसियाका लागि औपचारिकतामा सीमित रहनेछ ।

विश्वकपको १०००औँ खेलमा जापानले निकालेको सनसनीपूर्ण जितले एसियाली फुटबलको बढ्दो प्रभावलाई प्रष्ट पार्छ । आक्रामक खेल, प्रभावकारी फिनिसिङ र सामूहिक प्रदर्शनका कारण जापान नकआउट चरणतर्फ बलियो दाबेदारका रूपमा उभिएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×