इरान–बेल्जियम बराबरी

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार ०६:१९

अमेरिका । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’को दोस्रो खेलमा इरान र बेल्जियमले गोलरहित बराबरी खेल्दै एक–एक अंक बाँडेका छन् ।

सोफी स्टेडियममा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि कुनै टोलीले बललाई जाली चुमाउन सकेनन् । खेलको २५औं मिनेटमा इरानका फरवार्ड मेहदी तारेमीले गोल गरेका थिए । तर, उक्त गोल अफसाइड ठहरिएपछि इरानले अग्रता लिन पाएन । त्यसपछि खेलभर दुवै टोलीले गोलका अवसर खोजिरहे पनि सफलता हात पार्न सकेनन् ।

खेलको ६६औं मिनेटमा बेल्जियमका नेथान नगुईले इरानका तारेमीमाथि खराब ट्याकल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए । त्यसपछि बेल्जियम १० खेलाडीमा सीमित भए पनि इरानले संख्यात्मक फाइदालाई गोलमा परिणत गर्न सकेन ।

इरानले यसअघि न्युजिल्यान्डसँग २–२ को बराबरी खेल्दै विश्वकप यात्रा सुरु गरेको थियो । लगातार दोस्रो खेलमा पनि बराबरीमा रोकिएपछि इरानले दुई खेलबाट दुई अंक जोडेको छ । नकआउट चरण प्रवेशको सम्भावना कायम राख्न इरानका लागि जुन २७ मा इजिप्टविरुद्ध हुने अन्तिम समूह चरणको खेल निर्णायक बन्नेछ ।

सन् २०२६ को विश्वकप इरानको सातौं सहभागिता हो । लगातार विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा उपस्थित रहँदै आएको इरानले यसपटक पनि अन्तिम १६ मा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×