रास्वपाको बन्दसत्र रोकियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार १८:१४

चितवन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्दसत्र अन्तिम समयमा स्थगित गरिएको छ ।

महाधिवेशन प्रतिनिधिको नामावलीमा गरिएको थपघट तथा मधेश प्रदेशसँग सम्बन्धित विवाद समाधान नभएपछि सञ्चालन हुन नसकेर बन्दसत्र रोकिएको हो । पार्टी स्रोतका अनुसार आन्तरिक रूपमा देखिएका विवादित विषयहरूलाई सहमतिमार्फत टुंग्याउन आवश्यक गृहकार्य गर्नुपर्ने भएकाले बन्दसत्रका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ ।

Advertisement

समस्या समाधानका लागि नेतृत्व तहबीच विवाद समाधानका लागि छलफल र समन्वयको प्रयास जारी रहेको बताइएको छ । बन्दसत्रमा सहभागी हुन देशभरका महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि कार्यक्रमस्थलमा उपस्थित भएका थिए । दिनभर बन्दसत्र सुरु हुने प्रतीक्षामा बसेका उनीहरू अन्तिम समयमा कार्यक्रम स्थगित भएको जानकारी पाएपछि फर्किएका छन् ।

रास्वपाभित्र महाधिवेशन प्रतिनिधिको छनोट र मधेश प्रदेशसँग सम्बन्धित विषयलाई लिएर केही समययता असन्तुष्टि देखिँदै आएको छ । ती विषयमा सहमति जुटाउन पार्टी नेतृत्वले थप आन्तरिक छलफल अघि बढाएको छ । तर, बन्दसत्र कहिलेबाट सुरु हुन्छ भन्ने यकिन छैन ।

तपाइको प्रतिक्रिया
बेलबारीको कपडा उद्योगमा आगलागी, १२ लाखको क्षति
पूर्वउपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
रास्वपाको बन्दसत्र रोकियो
विद्यालयमा प्रविधिको पहुँच विस्तार गर्न लक्ष्मी सनराइज बैंकको सहयोग
विराटनगरमा डान्स बारको मनपरी : न अनुमति, न त मापदण्डको पालना
प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र अन्योलमा, महाधिवेशन लम्बिने
पासपोर्ट खरिदमा भ्रष्टाचार : १० अर्ब बिगो दाबीसहित १६ जनाविरुद्ध मुद्दा दायर
विद्यालयमा गोलीकाण्ड : तीन जना विद्यार्थीको मृत्यु
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ४८औँ वर्षमा प्रवेश
सरकारी सम्पत्ति हराएको प्रकरणमा निष्पक्ष छानबिन र कडा कारबाही होस्
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.