अर्जेन्टिना नकआउट चरणमा, मेस्सीकाे कीर्तिमान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ९, मंगलबार ०६:१५

काठमाडाैं । अर्जेन्टिना विश्वकप फुटबलकाे नकआउट चरणमा प्रवेश गरेकाे छ । विश्वचर्चित स्टार कप्तान लियोनेल मेस्सीले अस्ट्रियाविरुद्ध सनसनिपूर्ण प्रदर्शन गर्दै २ गाेल गरेपछि अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेकाे हाे । दुबै गोल मेस्सीले गरे । उनले पहिलो गोल गर्नासाथ उनी विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बनेका थिए।

उनले जर्मनीका पूर्व स्ट्राइकर मिरवस्लाभ क्लोसको १६ गोलको कीर्तिमानलाई पछि पारे । क्लोसले सन् २००२ देखि २०१४ सम्म विश्वकपमा उक्त कीर्तिमान बनाएका थिए ।

Advertisement

अमेरिकाको डालसमा भएको खेलमा ३८औँ मिनेटमा मेस्सीले इतिहास रचे । फाकुन्डो मेडिनाको कटब्याकलाई थियागो आल्माडाले चलाखीपूर्वक छोडिदिएको बललाई मेस्सीले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट गोल गरे ।

उनको दोस्रो गोल इन्जुरी समयमा गरे ।

त्यसअघि खेलको आठौँ मिनेटमै अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । स्टेफान पोशले लाउटारो मार्टिनेजलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। तर मेस्सीको प्रहार पोस्ट बाहिरिएपछि उनले सुरुमै कीर्तिमान बनाउने अवसर गुमाएका थिए । तर त्यो निराशा धेरैबेर टिकेन। आफ्नो परिचित शैलीमा खेल्दै उनले ऐतिहासिक रातलाई स्मरणीय बनाए । मेस्सी दुई गोलसँगै विश्वकपका हालसम्मका सर्वाधिक गोलकर्ता पनि बनेका छन् ।

जितपछि ६ अंकसहित अर्जेन्टिना अन्तिम ३२ मा पुग्ने चौथो टोली बनेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.