रोनाल्डोले कीर्तिमान राखेकाे खेलमा पोर्चुगलकाे जित

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १०, बुधबार ०६:१७

काठमाडौं । पोर्चुगलले फिफा विश्वकप २०२६ मा पहिलो जित निकालेकाे छ । समूह के अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५-० ले पराजित गरेको हो ।

याे खेलमा क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी दुई गोल गरे । पोर्चुगलका नुनो मेन्डेज र राफेल लिआऔले पनि १-१ गोल गरे भने एक आत्मघाती गोल उपहार पाएको थियो । समुह के मा पहिलो जितपछि पोर्चुगल २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

पहिलो खेलमा पोर्चुगलले डिआर कंगोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो । पोर्चुगलले अब समुहको अन्तिम खेल कोलम्बियासँग २७ जुनमा खेल्नेछ

रोनाल्डोले खेलको छैटौं मिनेटमै गोल गर्दैं लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउँदै पोर्चुगललाई सुरुमै अग्रता दिलाएका थिए ।

समूहको पहिलो खेलमा डिआर कंगो विरुद्ध गोल गर्न असफल भएका रोनाल्डोले उज्वेकिस्तान विरुद्ध सुरुमै गोल गर्दै ६ विश्वकपमा गोल गर्ने एक्लो खेलाडी बनेका हुन् । रोनाल्डोले सन् २००६ देखि २०२६ सम्म लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गरे ।

रोनाल्डोको गोलपछि पोर्चुगलले सुरुवातदेखि ने उज्वेकिस्तानलाई दबाबमा राखेको थियो । नुनो मेन्डेजले १७औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । रोनाल्डोले पहिलो हाफमा दोस्रो गोल गर्ने क्रममा ३९औं मिनेटमा गोल थपे । पहिलो हाफमै दुई गोल गर्दे रोनाल्डोले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाए ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×