
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ ।
लुम्बिनीले अघिल्लो खेलको प्लेइङ–११ मा कुनै परिवर्तन गरेको छैन । टोलीले यसअघिकै खेलाडीलाई निरन्तरता दिएको छ ।
यता सुदूरपश्चिमले भने प्लेइङ–११ मा तीन परिवर्तन गरेको छ । दीपक बोहराको स्थानमा अविनाश बोहरा टोलीमा फर्किएका छन् । त्यस्तै, फाबियन एलन र ब्रान्डन म्याकमुलेनको स्थानमा थनुका दबारे र जर्ज मन्सेले पहिलो रोजाइमा खेल्ने भएका छन् ।
स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेन आईएल टी–२० खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) गएपछि उनको स्थानमा अर्का स्कटिस खेलाडी जर्ज मन्सेले मौका पाएका हुन् ।
यसरी पहिलो क्वालिफायरमा लुम्बिनी पुरानै टोलीका साथ मैदान उत्रिँदा सुदूरपश्चिम तीन परिवर्तनसहित प्रतिस्पर्धामा उत्रिएको छ ।

























