परिस्थिति अनुसार विचार बदल्न नसक्नेहरू कहिँ पुग्दैनन् : प्रचण्ड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १४, आइतबार १७:१५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिँदो राजनीतिक परिस्थिति अनुसार विचारलाई परिमार्जन गर्न नसक्ने नेताहरू गन्तव्यमा पुग्न नसक्ने टिप्पणी गरेका छन् ।

‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई विभिन्न कोणबाट गरिने विश्लेषणप्रति गुनासो समेत व्यक्त गरे। उनले आफ्नो राजनीतिक जीवनको मूल मन्त्र ‘निरन्तरतामा क्रमभंगता’ रहेको स्पष्ट पार्दै यसलाई स्वाभाविक प्राकृतिक नियमका रूपमा बुझ्न आग्रह गरे।

Advertisement

आफूले ‘क्रमभंग’ को कुरा गर्दा नकारात्मक टिप्पणी हुने गरेकोमा असन्तुष्टि जनाउँदै प्रचण्डले भने, ‘मैले क्रमभंगको कुरा गर्दा मानिसहरूले के-के न उत्पात गर्न लाग्यो भनेर सोच्छन्। तर, निरन्तरतामा क्रमभंग हुनु भनेको प्रकृति, समाज र मानव विकासकै शाश्वत नियम हो। प्रगतिशील हुनका लागि पुरानो लयलाई तोडेर नयाँ उचाइमा पुग्नैपर्छ।’

आफ्ना समकालीन कतिपय नेताहरू पुरानै विचारधारामा अल्झिएको भन्दै उनले व्यङ्ग्य गरे। ‘हाम्रा कतिपय साथीहरू एउटै बिन्दुमा बसिरहनुभएको छ, मानौं उहाँहरू बौद्ध भिक्षु हुनुहुन्छ र घण्टी बजाइरहनुभएको छ,’ उनले भने,’अझै पनि ‘नयाँ जनवाद’ कै रटान लगाउने कुराले समाजलाई अगाडि लैजाँदैन। परिस्थिति फेरिएपछि हामी पनि फेरिनुपर्छ ।’

तपाइको प्रतिक्रिया
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्ने कांग्रेस इतर पक्षको निर्णय 
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
क्षेत्राधिकारभन्दा बाहिर गएर अस्पतालमा सिलबन्दी भयो  
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
जसपा र लोसपा एकतापछि नयाँ केन्द्रीय समिति गठन 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना 
धनकुटाको साँगुरीगढीमा बस दुर्घटना, तीन जना घाइते
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
विमानस्थलमा अपराधीजस्तो व्यवहार गरियो, के खोज्न खोजेको हो ?:  केपी ओली
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
नयाँ शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’ अभियान सुरु 
भारतीय सेना प्रमुख आउँदै, मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
जनकपुरधाममा झुलनोत्सवको उल्लास
२ अर्ब ६४ करोडको अलैंची निर्यात, विश्वबजारमा ब्रान्डिङको चुनौती
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.