झापामा तास खेलिरहेका चार जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १६, मंगलबार ०७:५१

झापा । झापाको मेचीनगर नगरपालिका–१० स्थित लक्ष्मी कोल्ड स्टोरको पछाडिपट्टिको कोठामा तास खेलिरहेका चार जनालाई नगद र ताससहित प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर–१० का ३५ वर्षीय पञ्चनारायण राजवंशी, मेचीनगर–११ का ५० वर्षीय तेजराज प्रसाईं, लक्ष्मी कोल्ड स्टोरका सञ्चालक ४२ वर्षीय रामपत राजवंशी तथा भद्रपुर नगरपालिका–२ का ५६ वर्षीय कालुमान लिम्बू रहेका छन् । गोप्य सूचनाका आधारमा इन्स्पेक्टर दुर्गाबहादुर भट्टराईको नेतृत्वमा खटिएको टोलीले छापा मार्दा उनीहरू जुवा खेलिरहेको अवस्थामा फेला परेका हुन् ।

Advertisement

तासको खालबाट प्रहरीले १ लाख ५२ हजार ४५० रुपैयाँ नगद र ११ बुङ तास बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.