खामेनीको हत्यालाई लिएर इरानको कडा चेतावनी, ‘जिम्मेवार पक्षसँग बदला लिएरै छाड्छौं’

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १८, बिहीबार ०९:५१

एजेन्सी । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको जिम्मेवार पक्षविरुद्ध बदला लिने चेतावनी दिएको छ ।

परिषद्का सचिव मोहम्मद बाकर जोलकद्रले जारी गरेको सन्देशमा खामेनीको हत्या गर्नेहरूमाथि प्रतिशोध अवश्य लिइने उल्लेख गरिएको छ । बीबीसीका अनुसार जोलकद्रद्वारा हस्ताक्षर गरिएको उक्त सन्देश इरानी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । साथै, सन्देश सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मार्फत पनि सार्वजनिक गरिएको जनाइएको छ ।

सन्देशमा खामेनीको हत्यालाई इरानविरुद्धको गम्भीर आक्रमणको रूपमा चित्रण गर्दै त्यसका जिम्मेवार व्यक्तिहरूलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने र उचित समयमा बदला लिइने दाबी गरिएको छ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको २०२६ फेब्रुअरी २८ मा अमेरिकी आक्रमणमा मृत्यु भएको थियो ।

उक्त आक्रमणलाई इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको पहिलो प्रत्यक्ष सैन्य आक्रमणका रूपमा वर्णन गरिएको छ । सोही आक्रमणमा इरानका उच्च तहका अन्य अधिकारीहरू तथा खामेनीका परिवारका केही सदस्यसमेत मारिएका थिए ।

बीबीसीका अनुसार खामेनीको अन्तिम संस्कार कार्यक्रम जुलाई ४ देखि ८ तारिखसम्म तेहरान, कोम र मशहदमा आयोजना गरिनेछ । त्यस्तै, इराकका बगदाद, काजमिन, कर्बला र नजफ लगायतका सहरहरूमा पनि उनको स्मृतिमा शोकसभा आयोजना गरिने जनाइएको छ ।

खामेनीको निधनपछि मध्यपूर्वको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको विश्लेषण भइरहेका बेला इरानको पछिल्लो चेतावनीले क्षेत्रीय तनाव अझ बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीको टिप्पणी : पदीय मर्यादामाथि प्रश्न
इनरुवामा बरामद गाँजा २,५६६ किलो
खाम्लेतदेखि राष्ट्रसेवासम्म : पाँच दाजुभाइको प्रेरणादायी यात्रा
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका
मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा युवकको मृत्यु
अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको चाप
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×