इन्जुरी समयमा रामोस चम्किँदा क्रोएसियामाथि पोर्चुगलको रोमाञ्चक जित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १९, शुक्रबार ०७:०८

अमेरिका । अन्तिम समयसम्म निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पोर्चुगलले क्रोएसियामाथि २–१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

टोरन्टोमा शुक्रबार बिहान सम्पन्न खेलमा निर्धारित ९० मिनेटपछि थप गरिएको इन्जुरी समयमा निर्णायक गोल गर्दै पोर्चुगल विजयी भएको हो । दुवै टोलीले सुरुआती समयदेखि नै आक्रामक खेल प्रस्तुत गरे पनि पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

बल नियन्त्रण र अवसर सिर्जनामा दुवै पक्ष सक्रिय देखिए पनि गोलरक्षक तथा रक्षापंक्तिको उत्कृष्ट प्रदर्शनका कारण पहिलो ४५ मिनेट गोलरहित बराबरीमा सकिएको हो । मध्यान्तरपछि भने खेलले गति लियो । ५२औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिचले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई १–० को अग्रता दिलाए ।

अग्रता लिएपछि क्रोएसियाले खेल आफ्नो पक्षमा राख्ने प्रयास गरे पनि पोर्चुगलले लगातार दबाब बढाइरहयो । पोर्चुगलले ६६औँ मिनेटमा पेनाल्टीको अवसर प्राप्त गर्‍यो । कप्तान क्रिस्टियानो रोनाल्डोले उक्त अवसरलाई सदुपयोग गर्दै बललाई जाली चुमाउँदा खेल १–१ को बराबरीमा पुग्यो ।

रोनाल्डोको गोलपछि पोर्चुगलले लगातार आक्रमण जारी राख्दा खेल अझ रोमाञ्चक बनेको थियो । खेल बराबरीतर्फ अघि बढिरहेको अवस्थामा इन्जुरी समयको ९२औँ मिनेटमा गोन्सालो रामोस निर्णायक नायक बने । उनले गरेको गोलसँगै पोर्चुगलले २–१ को अग्रता लियो । जुन अन्तिमसम्म कायम रह्यो ।

यद्यपि खेलको अन्तिम क्षणमा क्रोएसियाले बललाई जाली चुमाउँदै बराबरी गर्ने प्रयास गरेको थियो । तर, भिडियो सहायक रेफ्री (भीएआर)मार्फत गरिएको परीक्षणपछि उक्त गोल अफसाइड ठहर भयो । त्यसपछि गोलले मान्यता नपाएसँगै क्रोएसियाको पुनरागमनको सम्भावना समाप्त भयो र पोर्चुगल विजयी बन्यो ।

यस जितसँगै पोर्चुगल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । अब क्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगलले अर्को चरणमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

तपाइको प्रतिक्रिया
सीमावर्ती क्षेत्रमा बढ्दो चुनौतीबीच मोरङमा सशस्त्र र सीमावासीबीच संवाद
इटहरीका व्यवसायीको साझा माग: ‘‘व्यवसायमैत्री नीति र लगानीको सुरक्षा’
इटहरीका व्यवसायीको साझा माग: ‘व्यवसायमैत्री नीति र लगानीको सुरक्षा’
 राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयको बजेट र विनियोजन विधेयकमाथि छलफल हुने
राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयको बजेट र विनियोजन विधेयकमाथि छलफल हुने
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
दोहोरो नागरिकता र राहदानीमा पक्राउ
धरान घर भएका दिनेश भट्टराई इटहरीबाट पक्राउ
उदयपुरमा ट्रक र मोटरसाइकल ठोक्किएर दुर्घटना, महिलाको मृत्यु
भूकम्पको भग्नावशेषबाट ८ दिनपछि जीवितै उद्धार
इन्जुरी समयमा रामोस चम्किँदा क्रोएसियामाथि पोर्चुगलको रोमाञ्चक जित
अत्यधिक सुरक्षा जोखिम, बाबुको अन्त्येष्टिमा नजान सुझाव
यस्तो छ विदेशी मुद्राको विनिमय दर
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.