नेपाली कामदारलाई कोरिया पठाउन म्यानपावरका लागि बाटो खुला

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २०, शनिबार ०८:१७

काठमाडौं । दक्षिण कोरियामा ई–७ भिसाअन्तर्गत सिपयुक्त रोजगारीका लागि नेपाली श्रमिक पठाउने विषयमा लामो समयदेखि देखिएको अन्योल अन्त्य हुने संकेत देखिएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)मार्फत सीपयुक्त श्रमिकलाई दक्षिण कोरिया पठाउने प्रक्रिया कानुनअनुसार अघि बढाउन परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा पत्राचार गरेको छ । मन्त्रालयले परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशन, कोरियाली दूतावासबाट आएको कूटनीतिक नोट तथा उच्च अदालत पाटनबाट जारी आदेशलाई आधार बनाएर आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाएको छ ।

सोही निर्णयअनुसार सम्बन्धित निकायबीच समन्वय गरी ई–७ भिसामा श्रमिक पठाउने कार्यलाई विधिसम्मत रूपमा सञ्चालन गर्ने तयारी गरिएको हो । मन्त्रालयका अनुसार अब दक्षिण कोरियामा ई–७ भिसाअन्तर्गत जाने नेपाली श्रमिकको वैदेशिक रोजगार प्रक्रिया वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुनअनुसार सञ्चालन गर्नुपर्नेछ ।

रोजगारदाताबाट प्राप्त मागपत्र गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण गराएपछि मात्र बाँकी प्रक्रिया अघि बढाइने व्यवस्था गरिएको छ । यो निर्णय असार १५ गते मन्त्रीस्तरबाट भएको निर्णयका आधारमा कार्यान्वयनमा लगिएको मन्त्रालयले जनाएको छ । सोही निर्णय कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गर्न पत्राचार गरिएको हो ।

यस्तै, मन्त्रालयले वैदेशिक रोजगार विभाग, ताहाचललाई आवश्यक व्यवस्थापन मिलाई प्रक्रिया प्रभावकारी र व्यवस्थित बनाउन निर्देशन दिएको छ । साथै, दक्षिण कोरियाको सियोलस्थित नेपाली राजदूतावासलाई पनि बोधार्थ पठाइएको छ ।

लामो समयदेखि कानुनी तथा प्रक्रियागत अस्पष्टताका कारण ई–७ भिसामार्फत दक्षिण कोरिया जान चाहने सिपयुक्त नेपाली श्रमिकको प्रक्रिया प्रभावित हुँदै आएको थियो । मन्त्रालयको पछिल्लो निर्णयसँगै अब कानुनी प्रक्रिया स्पष्ट हुने र योग्य तथा सिपयुक्त नेपाली श्रमिकका लागि दक्षिण कोरियाको रोजगारी बजारमा नयाँ अवसर सिर्जना हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×