जीवन यात्रा र गुरुको मार्ग दर्शन

Share this
768shares
मुलुकी खबर
सुजन विश्वकर्मा
clock२०८३ असार २०, शनिबार ०८:५८
जीवन यात्रा र गुरुको मार्ग दर्शन

जीवन एउटा सुन्दर यात्रा हो। यसलाई कसरी जिउने भन्ने सीप हामीले आफ्ना अनुभवबाट सिक्छौँ। यो लामो यात्रामा हामी धेरै मानिसहरूसँग भेट्छौँ, सँगै हिँड्छौँ र अनेकौँ घुम्ती तथा मोडहरूमा एकअर्काको साथ दिन्छौँ । तर कहिलेकाहीँ यस्ता मोडहरू पनि आउँछन्, जहाँ रहरले होस् वा बाध्यताले, घाम र छायाझैँ सधैँ सँगै रहन सम्भव हुँदैन। एक दिन छुट्टिनै पर्ने अवस्था आउँछ । अन्ततः जीवनभर हाम्रो साथ दिने व्यक्ति हामी स्वयं नै हौँ। त्यति बेला हाम्रो यात्रालाई सहज र सफल बनाउने आधार भनेको हाम्रो विवेक, सद्भाव र आत्मविश्वास हो।

यात्राको क्रममा जस्तोसुकै परिस्थिति वा कठिनाइ आए पनि अन्तिमसम्म साथ दिने भनेका हाम्रो ज्ञान र सीप नै हुन्। मेरा गुरुले सधैँ भन्नुहुन्थ्यो- ‘भाइबहिनीहरू, गुरुलाई बुझ्ने प्रयास गर्‍यौँ भने परीक्षामा सफल हुन्छौ, तर आफूलाई बुझ्ने प्रयास  गर्‍यौँ  भने जीवनमा सफल हुन्छौ।’

यी शब्दहरूले जीवनको गहिरो सत्य बोकेका छन्।
जीवन यात्रामा एउटा यस्तो सम्बन्ध हुन्छ, जसले हाम्रो संस्कार, आचरण र व्यक्तित्व निर्माणमा गहिरो प्रभाव पार्छ। त्यो हो, गुरु र विद्यार्थीको सम्बन्ध।

गुरुले हामीलाई अक्षर मात्र सिकाउनुहुन्न, आफ्ना विशिष्ट क्षमता चिन्ने, पहिचान गर्ने र त्यसलाई सही दिशामा प्रयोग गर्ने कला पनि सिकाउनुहुन्छ। आमाबुबा हाम्रा पहिलो गुरु हुन्। उहाँहरूले हामीलाई हिँड्न सिकाउनुहुन्छ, तर कुन बाटो रोज्दा जीवन सफल हुन्छ भन्ने प्रेरणा शिक्षकले दिनुहुन्छ।

गुरुले केवल किताबका पाठ मात्र पढाउनुहुन्न जीवनका कठिन अध्यायहरूमा धैर्य, आत्मसंयम र सही निर्णय लिन सक्ने क्षमता पनि विकास गराउनुहुन्छ। जीवनमा उदाहरण धेरैले दिन्छन्, तर साँचो गुरुले हामी आफैँ उदाहरण बन्नुपर्छ भनेर प्रेरणा दिनुहुन्छ। उहाँहरूले निरन्तर प्रयास गर्न, आफ्नो उद्देश्यप्रति इमानदार रहन र हार नमान्न सिकाउनुहुन्छ।

जीवन कसैको पनि सोचेजस्तो सजिलो हुँदैन। कहिलेकाहीँ असफलता, निराशा र सामाजिक तुलनाले मन भारी बनाउँछ। यस्ता कठिन क्षणहरूमा गुरुका प्रेरणादायी शब्दहरू नै हाम्रो सबैभन्दा ठुलो शक्ति बन्छन्। उहाँहरूले फेरि उठ्न, साहसका साथ अघि बढ्न र आफ्नो लक्ष्यप्रति अटल रहन ऊर्जा दिनुहुन्छ।
अन्ततः गुरु र विद्यार्थी एउटै यात्राका दुई पाटा हुन्। संसार परिवर्तन गर्न सधैँ ठुला हतियार आवश्यक पर्दैन एउटा असल गुरु र एउटा असल विद्यार्थीले पनि परिवर्तनको सुरुवात गर्न सक्छन्।

हरेक विद्यार्थी एउटा कोपिला हो। त्यस कोपिलालाई फुलाउन आवश्यक गोडमेल, मलजल र उचित वातावरण दिने सुनौला हात गुरुका हुन्। गुरुले हामीलाई केवल फुल्न मात्र सिकाउनुहुन्न, आफ्नो असल व्यवहार, नैतिकता र ज्ञानको सुगन्ध समाजभर फैलाउन पनि सिकाउनुहुन्छ। त्यसैले त भनिन्छ, ‘फलेको वृक्ष सधैँ झुक्छ।’

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×