विराटनगरमा गाईवस्तु खेतमा छाडिएको विवादले कुटपिटको रूप लियो, एक जना घाइते

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २०, शनिबार २०:५४

विराटनगर । विराटनगर महानगरपालिका–१४ जतुवामा गाईवस्तु खेतमा छाडिएको विषयलाई लिएर भएको विवाद कुटपिटमा परिणत भएको छ । कुटपिटबाट एक जना घाइते भएका छन् ।

घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार शनिबार दिउँसो करिब ४ बजेतिर गाईवस्तु खेतमा छाडिएको विषयमा स्थानीयबीच भनाभन भएपछि विवाद चर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विवाद उग्र बन्दै जँदा ५८ वर्षीया लक्ष्मी यादवमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । कुटपिटबाट यादव घाइते भएको प्रहरीको भनाइ छ । घटनाको जानकारी प्राप्त सीआरभी जतुवाबाट असई उर्मिला गुरुङको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा विराटनगर–१४ जतुवाका ५९ वर्षीय धनपत यादव र उनका ३७ वर्षीय छोरा राजेश यादवलाई पक्राउ गरेको छ । दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको वास्तविक कारण, कुटपिटको प्रकृति तथा संलग्न व्यक्तिहरूको भूमिकाका बारेमा अनुसन्धान अघि बढाइएको डीएसपी श्रेष्ठले बताए । घटनापछि जतुवामा केही समय तनावको अवस्था सिर्जना भए पनि अहिले स्थिति सामान्य रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको नयाँ विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
विराटनगरमा मृत फेला पर्यो नीलगाई
कोशी–मधेश आर्थिक सहकार्यमा जोड
कोशी–मधेश आर्थिक सहकार्यमा जोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×