ट्रम्पको फोनसँग झुक्यो फिफा, विश्व फुटबलमा नयाँ विवाद

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार ०६:३२

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वकप फुटबलमा प्रत्यक्ष हस्तक्षेप गरेका छन् । उनको हस्तक्षेपसँगै अमेरिकी स्ट्राइकर फ्लोरियन (फोलारिन) बालोगनमाथिको एक खेलको निलम्बन फिफाले स्थगित गरेपछि विश्व फुटबलमा नयाँ विवाद सुरु भएको छ ।

ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेर प्रतिबन्ध पुनर्विचार गर्न आग्रह गरेलगत्तै फिफाले अनुशासन संहिताको धारा २७ अन्तर्गत निलम्बन तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो । यससँगै बोस्निया–हर्जेगोभिनाविरुद्ध रातो कार्ड पाएका बालोगनले अब बेल्जियमविरुद्ध अन्तिम–१६ को खेल खेल्न पाउने भएका छन् ।

Advertisement

फिताको निर्णयपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत फिफालाई धन्यवाद दिँदै ‘ठूलो अन्याय सच्याइएको’ प्रतिक्रिया दिएका छन् । अमेरिकी सञ्चारमाध्यम द न्यूयोर्क टाइम्स का अनुसार ट्रम्पले केही दिनअघि नै इन्फान्टिनोसँग टेलिफोन संवाद गरेर अमेरिकाका प्रमुख स्ट्राइकरमाथिको प्रतिबन्ध पुनर्विचार गर्न आग्रह गरेका थिए ।

फिफाको निर्णयसँगै बेल्जियम फुटबल संघ भने आक्रोशित बनेको छ । संघले यो निर्णय फिफाकै प्रतियोगिता नियमावली र अनुशासन संहिताविपरीत भएको दाबी गर्दै आवश्यक परे खेलसम्बन्धी सर्वोच्च मध्यस्थता निकाय ‘कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स’ (सीएएस)सम्म जाने तयारी गरिएको जनाएको छ ।

प्रतियोगिता नियमावलीको धारा १०.५ र अनुशासन संहिताअनुसार रातो कार्ड पाएपछि अर्को खेल स्वतः गुमाउनुपर्ने स्पष्ट व्यवस्था छ । यसअघि सबै खेलाडीमा यही नियम लागू गरिएको थियो ।

यद्यपि, फिफाले भने अनुशासन संहिताको धारा २७ प्रयोग गर्दै बालोगनमाथिको प्रतिबन्ध एक वर्षका लागि परीक्षणकालमा राखिएको जनाएको छ । अब उनले सो अवधिमा पुनः यस्तै अनुशासनहीन व्यवहार दोहोर्‍याए मात्रै यो प्रतिबन्ध स्वतः लागू र थप कारबाहीसमेत हुने फिफाले स्पष्ट पारेको छ ।

निर्णय सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा ट्रम्पको राजनीतिक प्रभावले फिफा प्रभावित भएको हो कि भन्ने बहस चर्किएको छ । खेल टिप्पणीकार र समर्थकहरूले यसलाई असामान्य निर्णय भन्दै प्रश्न उठाइरहेका छन् । बारस्टुल स्पोर्ट्सका संस्थापक डेभ पोर्टनोयले त निर्णयअघि नै ‘रातो कार्ड उल्टिन सक्छ’ भन्ने संकेत दिएका थिए भने निर्णयपछि ट्रम्पसँगको सम्पादित तस्बिर सार्वजनिक गर्दै व्यंग्यात्मक टिप्पणी गरेका थिए ।

अमेरिकी पुरुष राष्ट्रिय टोलीले भने फिफाको निर्णयलाई स्वागत गर्दै बालोगन बेल्जियमविरुद्ध खेल्न योग्य भएकोमा खुसी व्यक्त गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले प्रतिबन्धविरुद्धको प्रक्रियामा आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पार्दै टोलीलाई आगामी खेलका लागि तयार पार्नु नै आफ्नो प्राथमिकता रहेको बताएका छन् ।

यसअघि बालोगनले बोस्नियाविरुद्धको खेलमा आफूले रातो कार्ड नभई पहेँलो कार्ड पाउनुपर्ने बताएका थिए । तर, फिफाले अनिवार्य मानिँदै आएको एक खेलको निलम्बन नै स्थगित गरेपछि विश्व फुटबलमा नियमको समान कार्यान्वयन, राजनीतिक प्रभाव र फिफाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ ।

तपाइको प्रतिक्रिया
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
मोरङ कारागारमा २८१ कैदीबन्दीको आँखा परीक्षण, ४० जनामा मोतियाविन्दु
कांग्रेस इटहरीको सचिवमा शिक्षकको उम्मेदवारी, कानुनी प्रश्न उठेपछि फिर्ता !
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
पोखराबाट फ्लाई दुबईको नियमित उडान सुरु
ताप्लेजुङमा भिरबाट लडेर पुरुषको मृत्यु
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
भारी वर्षाको सम्भावनापछि मोरङ र सुनसरी प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×