पूर्वसांसद लक्ष्मी कोइरीलाई कारागार पठाउने कारण पेश गर्न सर्वाेच्चकाे आदेश

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार १५:२६

काठमाडौं । एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गरी कैद पठाउनुका कारण पेस गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ । बाबुलाई गैरकानुनी रूपमा थुनामा पठाइएको भन्दै लक्ष्मी कोइरीका छोरा मनोजकुमार महतोले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । निवेदनको सुनुवाइपछि न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले लक्ष्मी महतो कोइरीलाई थुनामा पठाउनुका कारण पेस गर्न आदेश दिएको हो ।

मधेश आन्दोलनका बेला घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा उनलाई उच्च अदालत जनकपुरले  ५ वर्ष कैद सजाय तोकेको थियो ।

कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले केही आरोपितहरूलाई सफाइ दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै कोइरीको हकमा पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो । १० वर्षभन्दा कम सजाय पाएका व्यक्तिले थुनाबाहिर रहेको भए धरौटी राखेर नै त्यसविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउँछ । त्यस्तो मुद्दामा फैसला अन्तिम भएपछि मात्रै त्यसको कार्यान्वयन हुनुपर्ने भन्दै मनोजकुमार महतोले उच्च अदालतबाट फैसला हुनासाथ आफ्नो बाबुलाई पक्राउ गरेर सरकारले गैरकानुनी काम गरेको जिकिर गरेका हुन् ।

तपाइको प्रतिक्रिया
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको नयाँ विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
विराटनगरमा मृत फेला पर्यो नीलगाई
कोशी–मधेश आर्थिक सहकार्यमा जोड
कोशी–मधेश आर्थिक सहकार्यमा जोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×