अमेरिकामाथि सानदार जित निकाल्दै बेल्जियम अन्तिम ८ मा

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २३, मंगलबार ०८:०५

काठमाडौं । अमेरिकामाथि सानदार जित निकाल्दै बेल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाले सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियम क्वार्टरफाइनल प्रवेश गरेकाे हाे ।

बेल्जियको जितमा चाल्र्स डे केटलेरले दुई, हान्स भानकेन र रोमेलु लुकाकुले एकएक गोल गरे । खेलको नवौं मिनेटमा चाल्र्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा मलिक टिलम्यानले फ्रिकिकमार्फत गोल गर्दै अमेरिकालाई बराबरीमा फर्काए ।

Advertisement

त्यसको दुई मिनेटमै बेल्जियमले दोस्रोपटक अग्रता लियो । केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रतामा पुर्याएका थिए । खेलको ५७औं मिनेटमा भानकेनले गोल गर्दै बेल्जियमको अग्रता बढाए । दोस्रो हाफको इन्जुरी समयमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ४–१ को जित दिलाए ।

जितसँगै बेल्जियम ८ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २०१८ को विश्वकपमा तेस्रो बनेको बेल्जियम २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि स्पेनसँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
मोरङ कारागारमा २८१ कैदीबन्दीको आँखा परीक्षण, ४० जनामा मोतियाविन्दु
कांग्रेस इटहरीको सचिवमा शिक्षकको उम्मेदवारी, कानुनी प्रश्न उठेपछि फिर्ता !
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
पोखराबाट फ्लाई दुबईको नियमित उडान सुरु
ताप्लेजुङमा भिरबाट लडेर पुरुषको मृत्यु
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
भारी वर्षाको सम्भावनापछि मोरङ र सुनसरी प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×