शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २३, मंगलबार २०:०५
शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा 

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका लागि नेपाली महिला कबड्डी टोली मंगलबार झापाको भद्रपुर प्रस्थान गरेको छ । शृंखला जुलाई १७ देखि २३ तारिखसम्म बंगलादेशको ढाकामा हुनेछ ।

खेलाडीमा मेणुका राजवंशी (कप्तान), आस्मा यादव, सिर्जनाकुमारी थारु, निशा बोहरा, गंगा घिमिरे, नानुमाया पराजुली, मनीषा जोशी, विनीता पण्डित क्षेत्री, सुस्मी राई, राधिका खडायत, उरुषा शाक्य, निर्मला भट्ट, संगीता तामाङ र पुष्पा चौधरी रहेका छन् ।

टोली असार ३० गतेसम्म भद्रपुरमा बन्द प्रशिक्षणमा रहने छ । असार ३१ गते टोली भद्रपुरबाटै ढाका प्रस्थान गर्ने छ । प्रशिक्षकमा हरिना थापा, सहायक प्रशिक्षकमा बन्धु राणा, टिम व्यवस्थापकमा कृष्णदेव पन्त, अफिसियलमा पर्शुराम झा, तरुणकुमार यादव, गणेश दत्त भट्ट, जयप्रकाश राजवंशी र प्रकाशप्रसाद शाह छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव मेहताले पछिल्लो समय कबड्डीले राम्रो गरिरहेकाले राखेपले कबड्डीलाई बढी प्राथमिकता दिएको बताउँदै आसन्न एसियाली खेलकुदमा कबड्डीको पुरुष /महिला दुवै टोली सहभागी हुने बताए ।

अध्यक्ष थापाले राखेपबाट कबड्डीले राम्रो सहयोग पाइरहेको बताउँदै सहयोगका लागि धन्यवाद दिइन् । कबड्डी संघका महासचिव अरविन्दकुमार झाले अरू खेलाडीलाई पनि अवसर दिने उद्देश्यले अधिकांश  ‘बी’ टोलीका खेलाडीलाई समावेश गरिएको बताए ।

तपाइको प्रतिक्रिया
टोपबहादुर राज्यविरुद्धको कसूरमा दाेषी, बालकृष्ण खाण ‘मतियार’
नक्कली भुटानी शरणार्थी प्रकरणमा अधिकांश आरोपी दाेषी ठहर, सजाय निर्धारणका लागि अर्काे पेशी
मन्त्रीहरू भाषण सकेर बाहिरिएपछि खेलकुद सरोकारवाला आक्रोशित
‘मन्त्री नै हिँडेपछि कसलाई सुनाउने समस्या ?’ : खेलकुद सरोकारवालाको विरोध
शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा 
शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा 
विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा डी–फ्रिज र सिँचाइ मोटर वितरण
विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा डी–फ्रिज र सिँचाइ मोटर वितरण
अदालतले छाडेलगत्तै पक्राउ परेका अभिषेक गिरीमाथि के छ आराेप ?
सांसदलाई रास्वपाले भन्याे : बाेल्नुअघि ‘नाेट’ देखाउनु
सार्वजनिक स्थलमा अश्लील अंग देखाउने शिक्षा अधिकृतविरुद्ध म्याद थप
 जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ 
जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ 
संघीय संसद्को दुवै सदनबाट बजेट पारति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.