इजिप्टविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २४, बुधबार ००:०४
Screenshot

काठमाडौं । साविक विजेता अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इजिप्टविरुद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले पराजित गर्‍यो । खेलको पहिलो हाफको १५ औँ मिनेटमा इजिप्टले अग्रता लिएको थियो । यासिर इब्राहिमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको १९ औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । लियोनल मेस्सी चुक्दा पहिलो हाफमा अर्जेन्टिना गोलविहीन बन्यो ।

दोस्रो हाफको ५७ औँ मिनेटमा इजिप्टका मोस्ताफा जिकोले गोल गरेका थिए । भीएआर परीक्षण गर्दा गोलले मान्यता पाएन । उनले ६६ औँ मिनेटमा गोल गर्दै नतिजा २-० को स्थितिमा ल्याए ।

खेलको ७७ औँ मिनेटसम्म अर्जेन्टिना २-० ले पछि परेको थियो । ७८ औँ मिनेटमा अर्जेन्टिनाका क्रिष्टिन रोमेरोले अर्जेन्टिनाका लागि पहिलो गोल गरे ।

८३ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए ।

दोस्रो हाफको इन्जुरी समयको ९२ औँ मिनेटमा इन्जो फर्नान्डिजले गोल गर्दै खेल अर्जेन्टिनाको पक्षमा ल्याए ।

क्वाटरफाइनलमा अब अर्जेन्टिनाले स्विट्जरल्याण्ड र कोलम्बोबीचको खेलबाट तय हुने विजेतासँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
इजिप्टविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा
टोपबहादुर राज्यविरुद्धको कसूरमा दाेषी, बालकृष्ण खाण ‘मतियार’
नक्कली भुटानी शरणार्थी प्रकरणमा अधिकांश आरोपी दाेषी ठहर, सजाय निर्धारणका लागि अर्काे पेशी
मन्त्रीहरू भाषण सकेर बाहिरिएपछि खेलकुद सरोकारवाला आक्रोशित
‘मन्त्री नै हिँडेपछि कसलाई सुनाउने समस्या ?’ : खेलकुद सरोकारवालाको विरोध
शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा 
शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा 
विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा डी–फ्रिज र सिँचाइ मोटर वितरण
विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा डी–फ्रिज र सिँचाइ मोटर वितरण
अदालतले छाडेलगत्तै पक्राउ परेका अभिषेक गिरीमाथि के छ आराेप ?
सांसदलाई रास्वपाले भन्याे : बाेल्नुअघि ‘नाेट’ देखाउनु
सार्वजनिक स्थलमा अश्लील अंग देखाउने शिक्षा अधिकृतविरुद्ध म्याद थप
 जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ 
जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.