
विराटनगर । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । बिहीबार भने सुनको मूल्य घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रूपैयाँले बढेको हो । भाउ बढेसँगै सुन तोलाको २ लाख ८७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बिहीबार प्रतितोला २ लाख ८४ हजार ७ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ सय ७० रूपैयाँले बढेको हो । भाउ बढेसँगै चाँदीको मूल्य तोलाको ४ हजार ५ सय १० रूपैयाँ कायम भएको छ । चाँदीको मूल्य बिहीबार प्रतितोला ४ हजार ३ सय ४० रूपैयाँ थियो ।



















