सिलाई–कटाई तालिम सम्पन्न, थप उन्नत प्रशिक्षण र मेसिनको माग

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २५, बिहीबार १२:५८

रंगेली । मोरङको रंगेली नगरपालिकाले महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले सञ्चालन गरेको पहिलो चरणको ३५० घण्टे आधारभूत सिलाई–कटाई तालिम सम्पन्न भएको छ ।

नगरपालिकाको आर्थिक सहयोग तथा मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित तालिममा २० जना महिलाको सहभागिता रहेको थियो । समापन कार्यक्रममा रंगेली–६ का वडाध्यक्ष सुजित मण्डल, मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरकी संस्थापक अध्यक्ष कमला न्यौपाने, प्रशिक्षक रेखा साह, वडा सदस्य सरस्वती बहरदार, प्रशिक्षक आस्था साहलगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष मण्डलले महिलालाई स्वरोजगार बनाउन यस्ता सिपमूलक तालिम प्रभावकारी हुने बताए । सहभागीहरूको मागलाई ध्यानमा राख्दै आगामी दिनमा थप तीन महिनाको उन्नत सिलाई–कटाई तालिम सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आधारभूत तालिम मात्र पर्याप्त नहुने भएकाले व्यावसायिक दक्षताका लागि थप अभ्यास र प्रशिक्षण आवश्यक रहेको उल्लेख गरे । यसका लागि वडा कार्यालयबाट आवश्यक पहल गरिने उनको भनाइ थियो ।

संस्थापक अध्यक्ष न्यौपानेले तालिमबाट प्राप्त सिपलाई गाउँमै बसेर आयआर्जनको माध्यम बनाउन सहभागीहरूलाई आग्रह गरिन् । प्रमाणपत्रभन्दा सिपको व्यावहारिक प्रयोग महत्वपूर्ण हुने उल्लेख गर्दै निरन्तर अभ्यासबाट महिलाहरू आत्मनिर्भर बन्न सक्ने उनले बताइन् । प्रशिक्षक रेखा साहका अनुसार सहभागीहरूले छोटो अवधिमै आधारभूत सिलाई–कटाईको सिप प्रभावकारी रूपमा सिकेका छन् । थप तालिम तथा नियमित अभ्यासले उनीहरू व्यावसायिक दक्षता हासिल गर्न सक्षम हुने साहले बताइन् ।

सहभागी महिलाहरूले आधारभूत तालिमले आत्मविश्वास बढाएको बताए पनि व्यावसायिक रूपमा स्थापित हुन थप तीन महिनाको उन्नत तालिम आवश्यक रहेको धारणा राखेका छन् । उनीहरूले नगरपालिकासँग निःशुल्क सिलाई मेसिन उपलब्ध गराइदिन आग्रह गर्दै तालिमपश्चात् मेसिन प्राप्त भए घरमै बसेर व्यवसाय सञ्चालन गर्न, आम्दानी बढाउन र परिवारको आर्थिक अवस्था सुदृढ बनाउन सहज हुने विश्वास व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
जनताका प्रश्नको जवाफ दिन नसक्नु आत्मसमीक्षाको विषय हो: महामन्त्री घिमिरे
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
पूर्णबहादुर खड्काको फेसबुक अकाउन्ट ह्याक
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×