लागुऔषध कारोबारीमाथि गोली प्रहार

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार ०८:२३

रूपन्देही । रूपन्देहीको मायादेवी गाउँपालिकामा हतियार बोकेर लागुऔषध ओसारपसार गर्न आएका व्यक्तिहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाउनु परेको छ । प्रहरीले गोली हानेर एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।

रूपन्देही प्रहरी र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले भारतीय मोटरसाइकलमा सवार तीन जनालाई रोकेर जाँचबुझ गर्न खोज्दा उनीहरूले हतियार निकालेको प्रहरीको भनाइ छ । त्यसपछि नियन्त्रणमा लिन गोली चलाउनु परेको र एक भारतीय नागरिकको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचार गरी डिस्चार्ज गरिसकिएको छ ।

डीएसपी कृष्णकुमार चन्दका अनुसा, संयुक्त चेकिङमा खटिएको टोलीसँग यी व्यक्तिहरूका बारेमा पहिले नै केही सूचना प्राप्त भएको थियो । रोकिनु र आत्मसमर्पण गर्नु भन्दै बारम्बार चेतावनी दिइए पनि उनीहरू नमानेपछि र हतियार तेर्स्याएपछि मात्र प्रहरीले गोली चलाउने निर्णयमा पुगिएको चन्दको भनाइ छ ।

पक्राउ परेकाको साथबाट एउटा पेस्तोल, दुई राउण्ड गोली, लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको नयाँ विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
विराटनगरमा मृत फेला पर्यो नीलगाई
कोशी–मधेश आर्थिक सहकार्यमा जोड
कोशी–मधेश आर्थिक सहकार्यमा जोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×