बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २७, शनिबार १७:१५
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित कोशी लोकमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

आइतबार दिउँसो विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको मे १ ख २४६४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा ५० वर्षीय विनोद मेहतरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार दिउँसो करिब १ः३० बजेतिर बुढीगंगा–४ स्थित नेमुवा चोकमा बाटो काट्दै गरेका मेहतरलाई तीव्र गतिमा रहेको बसले ठक्कर दिएको थियो । सुनसरीको दुहबी नगरपालिका–५ घर भई हाल बुढीगंगा–३ मा बस्दै आएका मेहतरको टाउको, छाती र बायाँ हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय नेमुवाको टोलीले घाइते मेहतरलाई उद्धार गरी उपचारका लागि नजिकैको विराट टिचिङ अस्पताल पठाएको थियो । अस्पतालमा उपचारकै क्रममा अपराह्न ३ः४२ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न बस र चालक झापा बिर्तामोड नगरपालिका–४ का ३१ वर्षीय प्रकाश उप्रेतीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
विदेशी मुद्राको विनिमय दर यस्तो छ
यस्तो छ विदेशी मुद्राको विनिमयदर
भारतले बाढीपीडितका लागि १० टन राहत सामग्री पठायो
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी
जलविद्युत आयोजनाका १९६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन
‘रसुवाको भोटेकोशी र सिन्धुपाल्चोकको भोटेकोशी एउटै होइनन्’
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी सम्पर्कविहीन
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
हिमताल विस्फोटबाट भएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त 
बाढी पीडितको उद्धार र राहतमा जुट्न पूर्वराजाको अपिल
बाढीपीडितको उद्धार र राहतलाई तीव्र बनाउने प्रधानमन्त्री शाहको घोषणा
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमाले नेता पर्शुराम बस्नेतको अपिल (भिडियोसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×