अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २८, आइतबार ०९:४४

काठमाडौं । स्विट्जरल्यान्डलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ११२ औँ मिनेटमा जुलियन अल्भारेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।

खेलको १० औँ मिनेटमा कप्तान लियोनेल मेस्सीको पासमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको अर्जेन्टिनाविरुद्ध दोस्रो हाफमा स्विट्जरल्यान्डले सशक्त पुनरागमन गर्‍यो । ६७ औँ मिनेटमा डान न्डोएले रिकार्डो रोड्रिगेजको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

खेलको ७२ औँ मिनेटमा ब्रिल एम्बोलोले दोहोरो पहेँलो (रातो) कार्ड खाँदै मैदान छाडेपछि स्विट्जरल्यान्ड १० खेलाडीमा समेटिएको थियो । १० खेलाडीमा सीमित भए पनि स्विट्जरल्यान्डले निर्धारित समयसम्म अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भएको थियो ।

अतिरिक्त समयमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको सेमिफाइनल यात्रा सहज बनाएका थिए । खेलको अन्तिम समयमा लाउटारो मार्टिनेजले गोल गर्दै ३-१ को जितसहित अर्जेन्टिना सेमिफाइनल पुगेको हो ।

तपाइको प्रतिक्रिया
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
मोरङ कारागारमा २८१ कैदीबन्दीको आँखा परीक्षण, ४० जनामा मोतियाविन्दु
कांग्रेस इटहरीको सचिवमा शिक्षकको उम्मेदवारी, कानुनी प्रश्न उठेपछि फिर्ता !
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
पोखराबाट फ्लाई दुबईको नियमित उडान सुरु
ताप्लेजुङमा भिरबाट लडेर पुरुषको मृत्यु
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
भारी वर्षाको सम्भावनापछि मोरङ र सुनसरी प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×