२२ जिल्लाका खाेलामा बाढीकाे सम्भावना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार ०८:३८

काठमाडौं । अविरल वर्षाका कारण देशका केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो ।

२२ वटा जिल्लाका नदी र खोलामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ भएर बग्ने नदी तथा खोलामा बहाव उल्लेख्य बढ्नेछ ।

लम्जुङ, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, प्युठान, दाङ र आसपासका जिल्ला भएर बग्ने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको विभागले बताएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभाग र मधेस प्रदेश तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति कोशी प्रदेशको पहाडी भूभाग तथा कोसी र लुम्बिनी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.