विद्यार्थीको क्षमता विकासका लागि खेलकुद सामग्री वितरण 

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार १५:३४
विद्यार्थीको क्षमता विकासका लागि खेलकुद सामग्री वितरण 

विराटनगर । विराटनगर महानगरपालिका–१७ मा रहेका विद्यालयहरूमा खेलकुद सामग्री वितरण गरिएको छ। वडा कार्यालय र मिल्स फार्क क्लबको समन्वयमा विद्यार्थीहरूको शारीरिक विकास र खेलकुदप्रतिको रुचिलाई प्रोत्साहन गर्ने उद्देश्यले ती सामग्री वितरण गरिएको हो ।

वडाध्यक्ष समिम कमरको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका बीच वडाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई खेलकुदका सामग्रीहरू हस्तान्तरण गरियो । सामग्री वितरण गर्दै वडाध्यक्ष कमरले शिक्षासँगै खेलकुद पनि विद्यार्थीको जीवनको अभिन्न अंग भएको बताए ।

‘विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि अगाडि बढाउन आवश्यक छ,’ अध्यक्ष कमरले भने, ‘वडाका बालबालिकाहरूको प्रतिभा प्रस्फुटनका लागि आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यहरूलाई निरन्तरता दिइने छ ।’

मिल्स फार्क क्लबको समन्वयमा भएको यस कार्यक्रमले विद्यालय स्तरमा खेलकुदको जग बलियो बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, क्लबका प्रतिनिधि तथा स्थानीय शिक्षा प्रेमीहरूको उपस्थिति रहेको थियो।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×