सुदखोरी नियन्त्रणमा सरकारको नयाँ पहल, विशेष कानुनदेखि न्यायाधिकरणसम्मको तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १, शुक्रबार ०९:५६

काठमाडौं । मिटरब्याज (सुदखोरी) समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न नेपाल सरकार र ‘मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन’बीच ६ बुँदे सहमतिको मस्यौदा तयार भएको छ ।

दुवै पक्षले अन्तिम छलफल गरी सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । मस्यौदाअनुसार सरकारले मन्त्रिपरिषद्बाट मिटरब्याजलाई गम्भीर आर्थिक अपराधका रूपमा घोषणा गर्नेछ । साथै, मिटरब्याजसँग सम्बन्धित फर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन पास (छिनुवा), बाध्यकारी चेकलगायतका अवैध लिखत खारेज गर्न कानुनी प्रक्रिया अघि बढाइनेछ ।

यसका लागि सरकारले ‘मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विशेष ऐन’ ल्याउने प्रक्रिया सुरु गर्ने प्रस्ताव गरेको छ । तीन महिनाभित्र ऐनको मस्यौदा तयार गर्ने लक्ष्य राखिएको छ । प्रस्तावित ऐनमा मिटरब्याजजन्य लेनदेनलाई अवैध घोषणा गर्ने, पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने, हडपिएको जग्गा फिर्ता गराउने, सुदखोरीमा संलग्नलाई कानुनी दायरामा ल्याउने तथा मिटरब्याजसम्बन्धी विशेष न्यायाधिकरण गठन गर्ने व्यवस्था रहनेछ ।

मस्यौदामा मिटरब्याजसम्बन्धी मुद्दाको प्रभावकारी अनुसन्धान, फर्जी कागजातको फरेन्सिक परीक्षण, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान, अदालतमा विचाराधीन मुद्दाको पुनरावलोकनका लागि आवश्यक कानुनी व्यवस्था तथा पीडितलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने विषय पनि समेटिएको छ ।

सहमति कार्यान्वयनको अनुगमनका लागि मन्त्रिपरिषद्को निर्णयबाट सरकार, स्वतन्त्र विज्ञ र आन्दोलन पक्षका प्रतिनिधि सम्मिलित उच्चस्तरीय वार्ता–संवाद समिति गठन गर्ने प्रस्ताव गरिएको छ । त्यसैगरी सात दिनभित्र विशेष कार्यदल गठन गरिनेछ । कार्यदलमा विभिन्न मन्त्रालयका सहसचिव, नेपाल प्रहरी, महान्यायाधिवक्ताको कार्यालय, स्वतन्त्र विज्ञ तथा आन्दोलनका तीन प्रतिनिधि रहने व्यवस्था प्रस्ताव गरिएको छ ।

सरकारले सहमतिका सबै बुँदा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि जनकपुरधामबाट सुरु गरिएको मिटरब्याजविरुद्धको पैदल न्याय मार्च स्थगित गरिने मस्यौदामा उल्लेख छ । दुवै पक्षले बिहीबार बिहान हुने निर्णायक वार्ताबाट मस्यौदालाई अन्तिम रूप दिँदै औपचारिक सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी गरेका छन् ।

तपाइको प्रतिक्रिया
मन्त्रालय घटेपछि नयाँ जिम्मेवारी
अस्थिरता निम्त्याउने काम नगरौँ, केन्द्रको निर्णय शिरोधार्य हुन्छ : मुख्यमन्त्री हिक्मतकुमार कार्की
रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश विशेष अदालतको अध्यक्ष बन्दै
दुर्घटनामा १४ जनाको मृत्यु
चिडियाखाना पुनः सञ्चालनमा
अवकाशप्राप्त करार कर्मचारी हटाइने, बाँकीलाई ‘पुल’बाट व्यवस्थापन गरिने
सुनचाँदीको मूल्य लगातार घट्दै 
नयाँ आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्यमा उच्च गिरावट
मोरङको केराबारीमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
हात्तीको हकमा सर्वोच्चको नयाँ नजिर, सरकारलाई सुधारको मार्गचित्र (पूर्णपाठसहित)
सुदखोरी नियन्त्रणमा सरकारको नयाँ पहल, विशेष कानुनदेखि न्यायाधिकरणसम्मको तयारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.