कोलकाताबाट औद्योगिक कच्चा पदार्थ बोकेको रेल विराटनगर आइपुग्याे

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ४, सोमबार १४:४१

विराटनगर । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयातित सामान बोकेको कार्गो रेल पहिलोपटक भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगर आइपुगेको छ । गत शुक्रबार कोलकाताबाट छुटेको औद्योगिक कच्चा पदार्थ बोकेको रेल सोमबार दिउँसो विराटनगरस्थित ‘कस्टम यार्ड’मा आइपुगेको हो । यससँगै पूर्वी नेपालका उद्योगी–व्यवसायीका लागि ढुवानीमा नयाँ मार्ग खुलेको छ, जसले समय र लागत दुवै बचत हुने विश्वास गरिएको छ ।

पहिलो पटक नियमित सेवाका रूपमा आएको यस कार्गो रेलमा मोरङ–सुनसरी औद्योगिक करिडोरको ‘स्वस्तिक आयल इन्डस्ट्रिज’का लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ ल्याइएको छ ।
यसअघि सडक मार्ग वा भारतको बथनाहासम्म मात्र रेलमा सामान आउने गरेकोमा अब सिधै नेपालको भन्सार बिन्दुसम्म रेल आइपुग्न थालेको हो ।

कार्गो रेल सेवाको औपचारिक शुभारम्भ कोलकातामा एक विशेष समारोहका बीच गरिएको थियो । कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, भारतीय भन्सारका उच्च अधिकारी, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर) का प्रतिनिधिहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेललाई बिदाइ गरेका थिए । सोमबार दिउँसो विराटनगर भन्सार यार्डमा रेल आइपुग्दा भन्सार कर्मचारी, स्थानीय उद्योगी र व्यवसायीहरूले उत्साहका साथ स्वागत गरेका थिए ।

विराटनगरको एकीकृत जाँच चौकीसम्म कार्गो रेल ल्याउने लक्ष्यका साथ २०८० साल जेठ महिनामा परीक्षणका रूपमा एउटा रेल आएको थियो । तर, विभिन्न नीतिगत जटिलता र प्रक्रियागत समन्वयको अभावमा उक्त सेवा नियमित हुन सकेको थिएन । पछिल्लो समय दुई देशका अधिकारीहरूबीच नीतिगत गाँठो फुकाउने र आवश्यक समन्वय गर्ने सहमति भएपछि अब कोलकाताबाट विराटनगरसम्मको रेल ढुवानी नियमित हुने सुनिश्चित भएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
पूर्णबहादुर खड्काको फेसबुक अकाउन्ट ह्याक
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×