जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 

Share this
794shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १८, आइतबार १३:३२
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका चार नेताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका छन् ।

पूर्वसंघीय सांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमनले पार्टीबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिएका नेताहरूले अब आफूहरू पूर्णकालिक सदस्यका रूपमा  ‘हुंकार मधेश’ अभियानमा सक्रिय हुने बताएका छन् । उनीहरूले पार्टीको जिम्मेवारीबाट अलग हुँदै मधेशका राजनीतिक, सामाजिक तथा समसामयिक विषयलाई केन्द्रमा राखेर अभियानमार्फत सक्रिय हुने जनाएका छन्।

‘हुंकार मधेश’ अभियान २०८३ असोज ९ गते औपचारिक रूपमा घोषणा गरिएको थियो । अभियानले मधेशका विभिन्न सवाललाई उठाउँदै राजनीतिक तथा सामाजिक गतिविधि अघि बढाउने जनाएको छ ।

अभियानले आगामी दिनमा सय दिने  ‘मेची–महाकाली हुलाकी पुनर्जागरण यात्रा’ सञ्चालन गर्ने तयारीसमेत गरेको बताइएको छ । उक्त यात्रामार्फत मधेशका मुद्दालाई देशव्यापी रूपमा जोड्दै अभियानलाई मधेशदेखि देशभर विस्तार गर्ने तयारी रहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×