विराटनगरको काली मन्दिरको अतिक्रमित घरजग्गा फिर्ता, धर्मशाला बनाइने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ७, बिहीबार १३:५६

विराटनगर । विराटनगरको मुख्य बजारमा रहेको काली मन्दिरको अतिक्रमित जग्गा र भवन स्थानीय प्रशासनले खाली गराएको छ।  उच्च अदालत विराटनगरकाे फैसला कार्यान्वयन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले जग्गा र भवन खाली गरेकाे हाे ।

पुजारीले नै अतिक्रमण गरी घर बनाएकाे जग्गा र घर बिहीबार बिहान मन्दिर समितिलाई हस्तान्तरण गरिएको हो ।

Advertisement

विराटनगर मेनरोडस्थित मन्दिरको पश्चिमतर्फ रहेको करिब साढे १२ धुर जग्गा २०४२ सालको नापीका क्रममा तत्कालीन पुजारी केशवप्रसाद ढकालको नाममा दर्ता भएको थियो ।

 

पुजारीको निधनपछि उनकी श्रीमती उमादेवीले उक्त जग्गा बिक्री गर्न खोजेपछि मन्दिर समिति अदालत गएकाे थियाे ।  अदालतले जग्गा मन्दिरकै नाममा हुने फैसला गरेपछि प्रशासनले भवन खाली गराएको सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले जानकारी दिए ।

मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष डा. मीनाक्षी नेपालका अनुसार अब उक्त भवनलाई मर्मत गरी ‘धर्मशाला’का रूपमा सञ्चालन गरिनेछ ।

तपाइको प्रतिक्रिया
अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर घाइते, समयमा उपचार नपाउँदा मृत्यु
कानेपोखरी ‘हिट एण्ड रन’ प्रकरण : फुटेका टुक्राको सहाराले चार दिनपछि पक्राउ परे सरकारी चालक
विराटनगरको काली मन्दिरको अतिक्रमित घरजग्गा फिर्ता, धर्मशाला बनाइने
झापाको अर्जुनधारामा १८ परिवारलाई जग्गाधनी पुर्जा वितरण
चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीको २४ औँ सत्याग्रह आजदेखि 
चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीको २४ औँ सत्याग्रह आजदेखि 
सामान्य बढ्यो सुनचाँदीको मूल्य
सामान्य बढ्यो सुनचाँदीको मूल्य
पुरुष कबड्डी टोली भारत जाँदै
पुरुष कबड्डी टोली भारत जाँदै
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
सत्तारुढ सांसदलाई ‘कालो मसी’को चेतावनी दिने युवक पक्राउ
नास्पातीभित्र लुकाइएको ६५२ किलो गाँजा बरामद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×