सातवटा मुद्दा दायर, एक खर्ब १८ अर्बको दाबी

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ८, शुक्रबार ०६:२७

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२–८३ मा सम्पत्ति शुद्धीकरणसम्बन्धी सातवटा मुद्दा दायर गरेको छ ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न मुद्दामा १२१ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध करिब एक खर्ब १८ अर्ब पाँच करोड रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी प्राप्त सूचनालाई विभागको स्क्रिनिङ कमिटीले अध्ययन गरी प्रारम्भिक अनुसन्धान आवश्यक ठहरेमा अनुसन्धान अधिकृत तोकेर प्रक्रिया अघि बढाइने व्यवस्था रहेको विभागले जनाएको छ ।

विभागमा अनुसन्धान तथा अभियोजनका लागि चारवटा अनुसन्धान शाखासँगै कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा र प्रहरी शाखा सञ्चालनमा छन् ।

सम्पत्ति शुद्धीकरण विभागले राजस्व चुहावट, भन्सार, अन्तःशुल्क तथा व्यापारसँग सम्बन्धित मनी लाउन्डरिङ तथा सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धान गर्दै आएको छ । पछिल्लो समय यस्ता कसुरको अध्ययन, अनुसन्धान र तहकिकातलाई थप प्रभावकारी र तीव्र बनाइएको विभागको भनाइ छ ।

तपाइको प्रतिक्रिया
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×