कप्तानगञ्ज गोलीकाण्डबारे मानव अधिकार आयोगले सुरु गर्‍यो अनुसन्धान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ११, सोमबार १६:४६

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले प्रारम्भिक अनुगमन गरिरहेको जानकारी दिए ।

आयोगको टोलीले प्रमुख जिल्ला अधिकारी, सुनसरी प्रहरी प्रमुख, अस्पताल प्रशासन र स्थानीयवासीसँग घटनाबारे जानकारी लिइरहेको छ । पोलमा झन्डा राख्ने विषयमा सुरु भएको विवाद डिजे बजाउने क्रममा उत्कर्षमा पुगेको र तोडफोड तथा झडपमा परिणत भएको आयोगले जनाएको छ ।

Advertisement

स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु हुनुका साथै ९ जना घाइते भएको अनुगमनमा पाइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरूको न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनापछि प्रदर्शनकारीले टायर बालेर तथा लाठी र रड बोकेर प्रदर्शन गरिरहेको र कप्तानगञ्ज क्षेत्र तनावग्रस्त बनेकाले सुरक्षा स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको जानकारी प्राप्त भएको आयोगले उल्लेख गरेको छ ।

आयोगले शान्ति सुरक्षा मजबुत बनाउन, दोषीलाई कारबाही गर्न, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क उपचार गर्न सरकारलाई निर्देशन दिएको छ । साथै, वार्ता र संवादमार्फत समस्याको समाधान खोजी सामाजिक सद्भाव कायम राख्न आयोगले राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
कप्तानगन्ज घटनापछि सुरक्षामा व्यापक हेरफेर : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो
कप्तानगञ्ज गोलीकाण्डबारे मानव अधिकार आयोगले सुरु गर्‍यो अनुसन्धान
१२ अर्ब ६३ करोडको अलैंची निर्यात
साताको पहिलो दिन नेप्से ३३ अङ्कले घट्यो, ६ अर्ब बढीको कारोबार
जटिल बन्दै सुनसरीको सुरक्षा अवस्था : जथाभावी आक्रमण, आगजनी र तोडफोड
कप्तानगन्ज घटनापछि सर्वदलीय प्रतिबद्धता : सद्भाव जोगाउन सबै पक्ष एक ठाउँमा
कप्तानगञ्ज घटना : सांसद साहद्वारा सुरक्षा अधिकारीहरूमाथि कारबाही माग
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सांसदलाई पीए सुविधा : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
मालवाहक गाडी फस्दा केचना–कञ्चनजङ्घा करिडोर अवरुद्ध
मोरङमा बालिकामाथि सामूहिक करणी, ५ जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×