टेबलटेनिसमा श्रीश्री रविशंकरको दबदबा, तीन विधामा उपाधि

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १२, मंगलबार ०७:०६

विराटनगर । विराटनगरको श्रीश्री रविशंकर स्कुलले पहिलो एमएससी विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै तीन विधामा उपाधि जितेको छ ।

मोरङ स्पोर्टिङ क्लब र मोरङ जिल्ला भेट्रान्स टेबलटेनिस संघको संयुक्त आयोजनामा आइतबार साँझ सम्पन्न प्रतियोगितामा श्रीश्री रविशंकर स्कुलले क्याडेट गर्ल्स, सब–जुनियर गर्ल्स सिंगल्स र जुनियर गर्ल्स सिंगल्मा प्रथम स्थान हासिल गर्दै आफ्नो वर्चस्व देखाएको हो । क्याडेट गर्ल्स सिंगल्स (कक्षा ५ सम्म)मा श्रीश्री रविशंकर स्कुलकी तृषा राउत प्रथम, डीएभी स्कुलकी आरोही साह द्वितीय तथा पिटर प्यान स्कुलकी आरभी दुगड र लक्ष्यी धनावत संयुक्त रूपमा तृतीय भए ।

Advertisement

क्याडेट ब्वाइज सिंगल्सतर्फ पिटर प्यान प्ले पेन स्कुलका नीरजङ थापा प्रथम, बुढानीलकण्ठ स्कुलका आभाष लामिछाने द्वितीय तथा एभरेस्ट स्कुलका रेयान्स मेहता र श्रीश्री रविशंकर स्कुलका रुद्रान्स सुलभ सापकोटा संयुक्त रूपमा तृतीय बने । सब–जुनियर गर्ल्स सिंगल्स (कक्षा ६–७)मा श्रीश्री रविशंकर स्कुलकी प्राप्ति सेढाइ प्रथम, बीकेभीएम स्कुलकी रोशिका घिमिरे द्वितीय तथा एभरेस्ट स्कुलकी रोनी सापकोटा र डीएभी स्कुलकी नित्या कर्ण संयुक्त रूपमा तृतीय भए ।

सब–जुनियर ब्वाइज सिंगल्समा डीपीएस विराटनगरका आदर्श गुप्ता प्रथम, जनता नमूना माध्यमिक विद्यालयका रक्ष बुढा द्वितीय तथा लिलिपुट स्कुलका अध्ययन कोइराला र सगरमाथा स्कुलका आरोन श्रेष्ठ संयुक्त रूपमा तृतीय भए । जुनियर गर्ल्स सिंगल्स (कक्षा ८–१०) मा श्रीश्री रविशंकर स्कुलकी स्वस्तिका चौधरी प्रथम, एभरेस्ट स्कुलकी आशना कटुवाल द्वितीय तथा बुढानीलकण्ठ स्कुलकी मानसी तामाङ र आकृति मगर संयुक्त रूपमा तृतीय भए ।

जुनियर ब्वाइज सिंगल्समा लिलिपुट स्कुलका श्रीजल प्याकुरेल प्रथम, मार्टियर्स मेमोरियल स्कुलका सक्षम बस्नेत द्वितीय तथा श्रीश्री रविशंकर स्कुलका पीयूष यादव र बुढानीलकण्ठ स्कुलका आयान श्रेष्ठ संयुक्त रूपमा तृतीय स्थानमा रहे । प्रतियोगिताको भेट्रान्स सिंगल्सतर्फ सरोज पौडेल प्रथम, राजकुमार प्रधान द्वितीय तथा विशाल केडिया र उपकार श्रेष्ठ संयुक्त रूपमा तृतीय भए ।

मेन्स ओपनमा एभरेस्ट कलेज विराटनगरका सुशान्त मेहता प्रथम, विराटनगरका सन्तोष काफ्ले द्वितीय तथा धरानका गौतम तामाङ र विराटनगरका राहुल साह संयुक्त रूपमा तृतीय बने । प्रतियोगिताका विजेता खेलाडीहरूलाई विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठ, नेपाल टेबलटेनिस संघका उपाध्यक्ष अनुज बानिया, मोरङ जिल्ला भेट्रान्स टेबलटेनिस संघका अध्यक्ष विशाल केडिया, सचिव सन्तोष प्रधान, प्रतियोगिता संयोजक चन्दनकुमार ठाकुर, मोरङ स्पोर्टिङ क्लबका अध्यक्ष विशाल न्यौपाने तथा मोरङ जिल्ला टेबलटेनिस संघका अध्यक्ष विकेन थापालगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×