विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने नेपाली टोलीको बिदाइ

Share this
796shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १२, मंगलबार १०:२२
विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौें । ३२ औँ विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार जापानको नारिता जाँदै छन् ।

वर्ल्ड चिल्ड्रेन्स बेसबल फाउन्डेसनको आयोजनामा जुलाई ३० देखि अगस्ट ७ तारिखसम्म हुने फेयरमा अभिनय श्रेष्ठ, संकल्प पौडेल, युएल रोक्का, भूमिका खड्का र खुशी श्रेष्ठले सहभागिता जनाउने छन् । प्रशिक्षकमा विपिन बज्राचार्य छन् । फेयरमा नेपालसहित १४ राष्ट्रको सहभागिता रहने छ ।

फेयरका दौरान सहभागीले क्लिनिकमा भाग लिनुका साथै निप्पोन प्रोफेसनल बेसबल गेमको अवलोकन गर्ने अवसर पनि पाउने छन् । खेलाडीले विभिन्न राष्ट्रका खेलाडीसँग मिलेर मैत्रीपूर्ण प्रतियोगिता पनि खेल्ने छन् ।

नेपाल बेसबल तथा सफ्ट संघका अध्यक्ष दीपक न्यौपानेले सहभागीको सम्पूर्ण खर्च फाउन्डेसनले गर्ने बताए । उनका अनुसार सहभागी सबैलाई जनही करिब १ लाख रुपैयाँ बराबरको खेल सामाग्री र पोसाक पनि प्राप्त गर्ने छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच बिदाइ गरे ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×