देवानगन्ज घटनाका घाइतेलाई स्वास्थ्यमन्त्रीले भेटिन्, उपचारमा कमी हुन नदिने प्रतिबद्धता

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १२, मंगलबार १९:३१

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा गोली लागेर घाइते भएकाहरुको स्वास्थ्य अवस्थाका बारेमा मंगलबार जानकारी लिएकी छन् ।

आइतबार रातिको हिंसात्मक घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्था बुझ्न उनी विराटनगर आएकी हुन् । गोली लागेर घाइते भएका नौ जनामध्ये चार–चार जनाको न्युरो अस्पताल र विराट नर्सिङ होम एवं एक जनाको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

मन्त्री मेहताले सबै अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकसँग जानकारी लिएकी हुन् । उनले उपचारमा कुनै प्रकारको ढिलाइ वा कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिँदै उपचार व्यवस्थापनका विषयमा अस्पतालका पदाधिकारीसँग छलफल समेत गरिन् ।

अस्पतालमा उपचाररत घाइते र उनीहरूका परिवारसँग भेटघाट गर्दै मन्त्री मेहताले सरकारले उपचार, आवश्यक सहजीकरण तथा अन्य सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरिन् । गम्भीर अवस्थाका बिरामीहरूको उपचारलाई प्राथमिकतामा राखेर मन्त्रालयले प्रत्यक्ष रूपमा समन्वय गरिरहेको उनको भनाइ थियो ।

देवानगन्जको कप्तानगन्जमा घटना भएको जानकारी प्राप्त हुनासाथ मन्त्रालयले सम्बन्धित अस्पताल, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गर्दै उपचारलाई प्रभावकारी बनाउन सरकारले आवश्यक पहल अघि बढाएको मन्त्री मेहताले बताइन् । मन्त्रालयले सबै घाइतेले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने सुनिश्चित गर्न उपचार प्रक्रियामा निरन्तर सहजीकरण गरिरहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×