बढ्दो तनावबीच इटहरीमा ‘सद्भाव र्याली’ : १० स्थानीय तहमा कर्फ्यु कायमै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार १०:२२

इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई पक्षीय युवा समूहबिच भएको विवादले उग्र रूप लिएपछि उत्पन्न तनावलाई साम्य पार्न र सामाजिक एकता कायम राख्न इटहरीमा ‘सामाजिक सद्भाव र्‍याली’ निकालिएको छ ।

नागरिक समाज इटहरीको अगुवाइमा बुधबार बिहान निकालिएको उक्त र्‍यालीले इटहरी बजारको परिक्रमा गरेको थियो । र्‍यालीमा सहभागीहरूले हिन्दु र मुस्लिम दुवै समुदायलाई संयम अपनाउन, अफवाहको पछि नलाग्न र वर्षाैंदेखिको आपसी भाइचारा कायम राख्न अपिल गरेका छन् ।

Advertisement

नागरिक समाज इटहरीका अध्यक्ष आर.के. राईले समाजमा बढ्दै गएको विद्वेषलाई रोकी सामाजिक एकता, सहिष्णुता र आपसी सम्मानको वातावरण बनाउन र्‍याली आयोजना गरिएको बताए । यस्तै प्रकारको सद्भाव र्‍याली मंगलबार दुहबीमा पनि हिन्दु र मुस्लिम दुवै पक्षले संयुक्त रूपमा निकालेका थिए ।

गत आइतबार राति दुई पक्षबीच भएको झडपले हिंसात्मक मोड लिँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । सो क्रममा देवानगञ्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि सुनसरीको सुरक्षा अवस्था थप चुनौतीपूर्ण बनेको छ ।

स्थितिलाई थप भयावह हुन नदिन प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जिल्लाका १० वटा स्थानीय तहमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेका छन् ।

तपाइको प्रतिक्रिया
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना, स्वास्थ्य अवस्था सुधारोन्मुख
सुनको मूल्य सामान्य घट्यो 
सुनको मूल्य सामान्य घट्यो 
सुनसरी घटनापछि कोशीमा सर्वदलीय पहल, मुख्यमन्त्री कार्कीले बोलाए बैठक
ट्रकको ठक्करबाट बालकसहित ३ जनाको मृत्यु 
ट्रकको ठक्करबाट बालकसहित ३ जनाको मृत्यु 
बढ्दो तनावबीच इटहरीमा ‘सद्भाव र्याली’ : १० स्थानीय तहमा कर्फ्यु कायमै
देवानगन्ज घटनामा सरकारको बेवास्ता : प्रधानमन्त्री र गृहमन्त्रीको भूमिका विवादित, सर्वत्र विरोध
मेचीनगरमा फ्रिज सर्ट भई आगलागी 
मेचीनगरमा फ्रिज सर्ट भई आगलागी 
बिर्तामोडमा चोरी गर्दै गर्दा एक जना पक्राउ
बिर्तामोडमा चोरी गर्दै गर्दा एक जना पक्राउ
देवानगन्ज घटनालाई लिएर प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापा असन्तुष्ट
बाघ संरक्षण वातावरणीय सन्तुलन र भविष्यको सुरक्षाका लागि अनिवार्य: उपराष्ट्रपति यादव
बाघ संरक्षण वातावरणीय सन्तुलन र भविष्यको सुरक्षाका लागि अनिवार्य: उपराष्ट्रपति यादव
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×