कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार १९:५२
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’

विराटनगर । कोशी प्रदेशका १४ जिल्लाहरूमा खेल प्रशिक्षकहरूको दरबन्दी र उपस्थितिमा ठुलो असन्तुलन देखिएको छ । खेल र खेलाडीको संख्या तथा आवश्यकताका आधारमा प्रशिक्षकहरू परिचालन हुनुपर्नेमा कतै अत्यधिक संख्यामा त कतै शून्यको अवस्था पाइएको हो ।

विशेष गरी प्रदेशमा बढी सम्भावना बोकेको मानिने कराँते खेलको प्रशिक्षक वितरणलाई हेर्दा यो असमानता प्रस्ट देखिन्छ । प्राप्त विवरण अनुसार, झापा जिल्लामा मात्रै १२ जना कराँते प्रशिक्षक कार्यरत रहँदा प्रदेशका अन्य ७ वटा जिल्लाहरू भने प्रशिक्षकविहीन छन्।

तथ्यांक अनुसार ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरमा कराँते प्रशिक्षकको संख्या शून्य छ । यस्तै, पाँचथर र धनकुटामा १–१ जना, इलाम र सुनसरीमा ४–४ जना, मोरङमा ३ जना र खोटाङमा २ जना प्रशिक्षक रहेका छन् ।

एउटै खेलमा एउटै जिल्लामा एकै पटक १२ जना प्रशिक्षक हुनु र अन्य पहाडी जिल्लाहरू रित्तै हुनुलाई खेलकर्मीहरूले स्वाभाविक मानेका छैनन् । सरकारी प्रशिक्षक नहुँदा ती जिल्लाहरूमा स्वयंसेवक प्रशिक्षकको भरमा खेलाडीहरूले अभ्यास गरिरहेका छन् ।

‘जिल्लामा प्रशिक्षक नहुँदा स्वयंसेवकहरूले धानेका छन्, तर आधिकारिक छनोट प्रक्रियामा सरकारी प्रशिक्षककै भूमिका रहने हुनाले खेलाडी र स्थानीय खेलकर्मीहरूले खुलेर विरोध गर्न सकेका छैनन्, भोजपुरका एक खेलकर्मीले बताए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले बोर्डले छिट्टै प्रशिक्षक व्यवस्थापनको काम अघि बढाउने बताएका छन् । १० औँ राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड जस्ता ठुला प्रतियोगिताको तयारीका सन्दर्भमा सरोकारवालाहरूसँग छलफल भइरहेको र प्रशिक्षकको अभावबारे कुरा उठेको उनले स्वीकार गरे ।
सदस्यसचिव घोषले भने, ‘प्रशिक्षक धेरै भएका जिल्लाबाट आवश्यकता अनुसार अन्य जिल्लामा व्यवस्थापन गर्ने र आवश्यक परे थप नियुक्ति गर्ने विषयमा बोर्डले छिट्टै निर्णय लिनेछ। खेल क्षेत्र र खेलकर्मीहरूलाई न्याय हुने गरी हामी व्यवस्थापन गर्ने तयारीमा छौँ ।’

कोशी प्रदेशमा कराँते बाहेक अन्य धेरै खेलहरूमा पनि सरकारी प्रशिक्षकको संख्या अत्यन्तै न्यून छ । खेल पूर्वाधारको अभाव र आर्थिक स्रोतको कमी देखाउँदै लामो समयदेखि नयाँ प्रशिक्षकहरूको पदपूर्ति हुन सकेको छैन । हालका लागि प्रतियोगिताका समयमा बोर्डले अस्थायी प्रशिक्षक नियुक्त गरेर काम चलाउँदै आएको छ ।

राजधानी केन्द्रित र पहुँचका आधारमा प्रशिक्षकहरू सुगम जिल्लामा बस्न रुचाउने र दुर्गममा जान नखोज्ने प्रवृत्तिका कारण खेल क्षेत्रको तल्लो तहसम्म विकास हुन नसकेको गुनासो खेलाडीहरूको छ ।

 

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×