नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १५, बिहीबार २१:१४
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगले श्रेष्ठले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती कमला श्रेष्ठको नाममा समेत राखेको दाबी गर्दै चार करोड ७४ लाख ४६ हजार ८१३ दशमलव ४९ पैसा बिगो कायम गरेको छ ।

आयोगका अनुसार श्रेष्ठले पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानका क्रममा श्रेष्ठको नियुक्ति भएको मिति २०५३ साल असार २७ देखि २०८१ साल चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी उनी तथा उनको एकाघर परिवारका सदस्यको आय–व्ययको विस्तृत गणना र विश्लेषण गरिएको थियो ।

आयोगले अनुसन्धानका क्रममा श्रेष्ठको वैध आय तथा विभिन्न शीर्षकमा भएको खर्च र लगानीबीचको तुलना गर्दा आयस्रोतले पुष्टि गर्न नसक्ने सम्पत्ति आर्जन गरेको देखिएको जनाएको छ । गैरकानुनी रूपमा आर्जन गरिएको भनिएको सम्पत्तिको केही हिस्सा उनकी श्रीमतीका नाममा समेत रहेको आयोगको दाबी छ ।

श्रेष्ठविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० मा परिभाषित तथा निषेधित कसुर गरेको अभियोग लगाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

आयोगले श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐनबमोजिम कैद सजाय, कायम गरिएको बिगोबमोजिम जरिवाना तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ । साथै उनकी श्रीमतीका नाममा रहेको गैरकानुनी रूपमा आर्जित सम्पत्ति पनि जफत गर्न सम्बन्धित कानुनी प्रावधानबमोजिम मागदाबी लिइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने तथा अन्य व्यक्तिका नाममा राख्ने कार्य पनि अनुसन्धानको दायरामा ल्याइएको हो । सोही आधारमा श्रेष्ठ तथा उनकी श्रीमतीका नाममा रहेको सम्पत्तिसम्बन्धी विवरण अनुसन्धान गरी कानुनी कारबाहीका लागि आरोपपत्र दायर गरिएको हो ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×