रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १५, बिहीबार २१:१६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले प्रतिनिधिसभामा पत्रकार तथा प्रेस काउन्सिललाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले विज्ञप्ति जारी गर्दै सांसद खत्रीको अभिव्यक्ति पत्रकारिता क्षेत्रलाई होच्याउने र अपमान गर्ने खालको भएको जनाएको हो । महासंघले उक्त भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै खत्रीलाई तत्काल आफ्नो अभिव्यक्तिका लागि क्षमायाचना गर्न आग्रह गरेको छ ।

असोज १४ गतेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा खत्रीले प्रेस काउन्सिलको भूमिकामाथि प्रश्न उठाउँदै ‘पत्रकार हुन् कि गुण्डा’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यस क्रममा उनले पत्रकारका नाममा कसैलाई पनि ‘असनको साँढे’ बन्ने छुट नभएको बताएका थिए । खत्रीले राजनीतिक दलसँग नजिक भएर पत्रकार तथा प्रेस क्षेत्रबाट हुने गतिविधिमाथि पनि प्रश्न उठाएका थिए । उनको यही अभिव्यक्तिलाई लिएर महासंघले आपत्ति जनाएको हो ।

महासंघले सांसदको उक्त धारणा अशोभनीय, अमर्यादित र अराजक भएको टिप्पणी गरेको छ । प्रेस तथा पत्रकारिताको संवैधानिक अधिकारलाई बेवास्ता गर्दै पत्रकारलाई धम्क्याउने वा अपमानित गर्ने शैली स्वीकार्य नहुने महासंघको भनाइ छ ।यसैबीच, खत्रीले शुक्रबार भक्तपुरमा आयोजना गर्न लागेको अन्तर्क्रिया कार्यक्रम बहिष्कार गर्ने त्यहाँका पत्रकारहरूले घोषणा गरेको महासंघले जनाएको छ । महासंघले विवादलाई थप नचर्काउन खत्रीले तत्काल आफ्नो भनाइप्रति माफी माग्नुपर्नेमा जोड दिएको छ ।

महासंघले खत्रीको उक्त अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन सभामुखसमक्ष मागसमेत गरेको छ । साथै, प्रेस तथा पत्रकारितामाथि अपमानजनक वा धम्कीपूर्ण अभिव्यक्ति दिने कार्यमा संलग्न सांसद खत्रीलाई आवश्यक कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेको छ । महासंघले प्रेस स्वतन्त्रता र पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सबै राजनीतिक दल तथा जनप्रतिनिधिलाई आग्रहसमेत गरेको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×