महिला कबड्डी टोलीले भारत जाँदै 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार २०:२८
महिला कबड्डी टोलीले भारत जाँदै 

काठमाडौं । नेपाली महिला कबड्डी टोलीले पनि २० औँ एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ । एसियाडको पुरुष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ ।

बिहीबार प्रस्थान गर्ने टोलीले भारतको हरियाणास्थित भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकेडेमीमा एक महिना प्रशिक्षण गर्ने छ । त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै प्रशिक्षणलाई निरन्तरता दिने छ । असोज २ गते टोली भारतबाटै एसियाली खेलकुदमा सहभागी हुन जापान जाने कार्यक्रम रहेको छ । एसियाली खेलकुद असोज ३ गतेदेखि सुरु हुनेछ ।

Advertisement

महिला टोलीमा मानमती विष्ट (कप्तान), जयन्ती बडु, रविना चौधरी, मेनुका राजवंशी, मिना नेपाली, खिममाया खत्री, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, नानुमाया पराजुली, विनीता पण्डित क्षेत्री र आस्मा यादव रहेका छन् । खिममायाको भने २० औँ एसियाड  ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

टोलीकी अर्की सदस्य अनुजा कुलुङ राई भने प्राविधिक कारण (मेडिकल) २० औँ एसियाडमा सहभागी नहुने भएकी छन् । उनको स्थानमा कुन खेलाडीलाई राख्ने भन्ने विषयमा चाँडै निर्णय गर्ने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए ।

मुख्य प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा लोकबहादुर विष्ट र व्यवस्थापकमा शरद दर्शनधारी रहेका छन् । महिला कबड्डीमा ८ राष्ट्रको सहभागिता रहने छ । समूह ‘बी’ मा रहेको नेपालले श्रीलंका, थाइल्यान्ड र चाइनिज ताइपेईंसँग खेल्ने छ । ताइपेईं गत संस्करणको उपविजेता हो । फाइनलमा ताइपेईं भारतसँग समग्रमा १ अंकको अन्तरले पराजित भएको थियो । समूह ‘ए’ मा इरान, जापान, बंगलादेश र भारत छन् ।

एसियाली खेलकुदमा महिला टोलीको दोस्रो सहभागिता हो । महिला टोलीले चीनको हाङझावमा भएको १९ औँ एसियाली खेलकुदमा पहिलोपटक सहभागिता जनाएको थियो । त्यसबेला टोलीले ऐतिहासिक कांस्य पदक जितेको थियो । हाङझाव एसियाडमा पदक जितेका मध्ये ६ खेलाडी अहिलेको टोलीमा छन् । मानमती, जयन्ती, रविना, मेनुका, गंगा र सिर्जन पदक जितेका टोलीका सदस्य हुन् । हाङझाव एसियाडमा पनि पार्वती नै मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिइन् ।

महिला कबड्डी टोलीले इरानमा भएको एसियाली कबड्डी प्रतियोगिता तथा चीनमा भएको एसियाली बिच खेलकुदमा कांस्य जितेको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, कबड्डी संघकी अध्यक्ष तुलसी थापा, महासचिव झा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सदस्यसचिव मेहताले टोलीबाट पदकको धेरै आशा गरेको बताए ।

तपाइको प्रतिक्रिया
सुनसरीमा तनाव मत्थर : कर्फ्यु यथावत्, सुरक्षा कडा
महिला कबड्डी टोलीले भारत जाँदै 
महिला कबड्डी टोलीले भारत जाँदै 
कप्तानगन्जमा गोली लागेर ज्यान गुमाएका ओमप्रकाशको शव अस्पतालमै, यस्तो छ परिवारको अडान
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
कोशी प्रदेशमा खेल प्रशिक्षक झापामा बाक्लो उपस्थिति, ७ जिल्ला  ‘नील’
चलचित्र ‘पञ्चमी’ को औपचारिक घोषणा
सुनसरी घटनाबारे मन्त्रिपरिषद्मा भएन छलफल, प्रश्नबाट पन्छिए सरकारका प्रवक्ता
सुनसरी घटना छानबिन समितिमा २ सदस्य थपिए
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सामाजिक सद्भाव र एकता कायम राख्न उपराष्ट्रपतिको अपिल
सभामुख अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूसँग भेटवार्ता
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, कम्तीमा १३ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×